२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘प्रतिस्पर्धा गरौँ तर एकले अर्कालाई नहोच्याऊँ, अपमान नगरौँ’ : ओली

अ+ अ-

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आसन्न ११ औँ महाधिवेशनमा मतदान हुने बताएका छन्।

आइतबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा महाधिवेशनको लोगो अनावरण गर्दै नेतृत्व चयनमा प्रतिस्पर्धा हुने तर स्वस्थ प्रतिस्पर्धा गर्न आग्रह पनि गरेका छन्।

‘महाधिवेशनमा मतदान हुन्छ। यो मतदान गर्न नदिएर, मतदान नै नभएर ल यसरी सर्वसम्मति गर्नुपर्छ भन्ने नाउँमा सेन्टिमेन्टल कुरा गरेर, सेन्टिमेन्टलको नाममा कसैलाई आउनै नदिएर अगाडि बढ्ने, आउनै नदिएर रोक्ने खालको काम हुन्छ कि भन्ने यस्तो खालको कुरा हुँदै होइन,’ उनले भने, ‘त्यस्तो रोक्नेसोक्ने कुनै काम हुँदैन। प्रतिस्पर्धा, खुला हुन्छ। प्रतिस्पर्धा गर्न चाहनेले राम्रोसँग गर्न पाउँछ।’

अध्यक्षका हैसियतले आफूले सहमतिमा जोड दिने उनले बताए।

‘जसले छोड्नुपर्छ सहमतिका साथै छाडौँ। जो बस्नुपर्छ सहमतिका साथ बसौँ। सहमतिका साथ जाऔँ। भन्दै गर्लान्, एमालेमा डेमोक्रेसी छैन। चुनावै लडेनन। कसैलाई चुनावै लड्न दिइएन, भन्दै गर्लान्,’ उनले भने।

उनले अगाडि भने, ‘मेरो आग्रह छ- एकताबद्ध भएर जाऔँ। एकार्कामा टिप्पणी, आलोचना गर्ने, खुइल्याउने, होच्याउने, अपमान गर्ने काम किन गर्ने त्यस्तो, त्यस्तो नगरौँ। परस्परमा सम्मानपूर्ण ढंगले चल्ने संस्कृति विकास गरौँ। त्यो स्थापना गरौँ। अरूलाई नहोच्याऊँ, अस्वस्थ खालको प्रतिस्पर्धा नहोस्। नगरौँ। नेकपा एमाले त्यसै गरी अगाडि बढ्छ, प्रतिस्पर्धालाई नराम्रो मान्दैनौँ फेरि।’