२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा नेपाल लाइफले गर्‍यो १ करोड ५० लाख रुपैयाँ सहयोग

अ+ अ-

काठमाडौँ । नेपाल लाइफ इन्स्योरेन्सले नेपाल सरकारद्वारा स्थापना गरिएको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ करोड ५० लाख रुपैयाँको सहयोग गरेको छ।

आज अर्थ मन्त्रालयमा आयोजित एक विशेष समारोह बीच कम्पनीका सञ्चालक समितिका अध्यक्ष गोविन्द लाल संघई, सञ्चालक कमलेश कुमार अग्रवाल र कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले संयुक्त रूपमा एक करोड ५० लाख रुपैयाँको चेक अर्थमन्त्री रामेश्वर प्रसाद खनाललाई हस्तान्तरण गरेका हुन्।

गत भाद्र २३ र २४ गते भएको जेन जेड प्रदर्शन र आन्दोलनको क्रममा देश भरीका सार्वजनिक भौतिक संरचनामा भएको क्षतिको पुनर्निर्माण, आर्थिक पुनरुत्थान तथा राहत लगायत कार्यको लागि नेपाल लाइफ इन्स्योरेन्सले भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ करोड ५० लाख रुपैयाँ सहयोग प्रदान गरेको हो। कम्पनीले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त सहयोग रकम उपलब्ध गराएको हो।

उक्त हस्तान्तरण समारोह समारोहमा बोल्दै यस कम्पनीका सञ्चालक समितिका अध्यक्ष गोविन्द लाल संघईले नेपाल लाइफले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आएको बताए। जेनजी प्रदर्शन र आन्दोलनको क्रममा सार्वजनिक भौतिक संरचनामा ठूलो क्षति पुगेको र यसको पुनर्निर्माणमा सहयोग गर्न पाउँदा आफू हर्षित भएको बताए।

आगामी दिनहरूमा पनि यस किसिमको सहयोग प्रदान गर्न कम्पनी तत्पर रहेको प्रतिबद्धता समेत व्यक्त गरे। नेपाल सरकारले आर्थिक सामाजिक भौतिक रूपान्तरणका लागि सञ्चालनमा ल्याउने विभिन्न कार्यक्रमहरूमा सहयोग गर्न कम्पनी तत्पर रहेको र त्यसका निम्ति पहल गर्दिनका निम्ति समेत आग्रह गरे। अर्थमन्त्री रामेश्वर प्रसाद खनालले नेपाल लाइफले प्रदान गरेको सहयोगका निम्ति धन्यवाद ज्ञापन गरे। नेपालको पूर्वाधार विकासमा यस किसिमको सहयोग टेवा पुर्‍याउने र आगामी दिनमा पनि यस प्रकारको सहयोगको अपेक्षा रहेको बताएका छन्।