२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

देउवा सक्रिय हुनसक्ने गरी काँग्रेसले गर्‍यो औपचारिक निर्णय

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसले १५ औँ महाधिवेशनका क्रममा सभापति शेरबहादुर देउवा सक्रिय हुनसक्ने गरी औपचारिक निर्णय गरेको छ ।

सानेपामा सोमबार बसेको केन्द्रीय कार्यसमिति बैठकबाट काँग्रेसले पार्टीलाई कार्यवाहकको जिम्मा लगाएर बसिरहेका देउवा फेरि सक्रिय हुन सक्ने गरी औपचारिक निर्णय गरेको हो ।

काँग्रेसले १५ औँ महाधिवेशनका क्रममा आवश्यकताअनुसार केन्द्रीय प्रतिनिधि खटाउँदा सभापति देउवा सक्रिय हुनसक्ने मार्ग खुला राखेर निर्णय गरेको छ ।

‘१५ औँ महाधिवेशनसँग सम्बन्धित कार्यको सिलसिलामा आवश्यकताअनुसार केन्द्रीय प्रतिनिधि पार्टी सभापति/कार्यवाहक सभापतिले खटाउन सक्ने छन्,’ बैठकले गरेको निर्णयमा भनिएको छ ।

बैठकले नयाँ र नवीकरण क्रियाशील सदस्यताको सूची केन्द्रीय कार्यसमिति बैठकमा प्रस्तुत गर्दा सभापति देउवाको सक्रियताको सम्भावना खुला रहने गरी निर्णय गरेको छ ।

‘केन्द्रीय सभापति/कार्यवाहक सभापतिले क्रियाशील सदस्यता ‘केन्द्रीय छानबिन समिति’ बाट सहमति भई प्राप्त भएका नयाँ र नवीकरण सदस्यताको सूची केन्द्रीय कार्यसमिति बैठकमा प्रस्तुत गरी केन्द्रीय कार्यसमितिबाट अनुमोदन गर्नुपर्ने छ,’ निर्णयमा भनिएको छ ।

काँग्रेसको निर्णयमा १५ औँ महाधिवेशनका लागि आवश्यक पर्ने समितिहरू गठन गर्दा आवश्यक परामर्श सभापति देउवा वा कार्यवाहक सभापति पूर्णबहादुर खड्काले गर्ने उल्लेख छ ।