काठमाडौँ । प्रि-ओपन सेसनमा नेप्से परिसूचक मंगलवार करिब साढे ४ अंकले घटेर बन्द भएको छ। यो समयमा नेप्से परिसूचक ४.३३ अंकले घटेर २६४०.९० विन्दुमा पुगेको छ।
प्रि-ओपन सेसनमा ५२ वटा स्क्रिप्सको ७ हजार २८६ कित्ता सेयर ४० लाख ३० हजार ७५५ रुपैयाँमा खरिदबिक्री भएको छ । कारोबारमा आएकामध्ये १५ वटा स्टक्सको मूल्य बढ्दा ३१ वटा घटेको छ भने बाँकी ३ स्टक्सको मूल्य भने यो समयमा स्थिर रहेको छ ।







