२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘एमाले सत्ता र चुनावी ध्यानमा मात्रै छैन, मानव र पृथ्वीकै हितमा केन्द्रित छ’ : ओली

अ+ अ-

काठमाडौँ। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफूहरूको राजनीति केवल सत्ता र चुनावमा केन्द्रित नभई समग्र मानव जातिको हितमा केन्द्रित रहेको बताएका छन् ।

एमालेको केन्द्रीय वन तथा वातावरण विभागले आज आयोजना गरेको वन, वातावरण तथा जलवायु परिवर्तन-सम्बन्धी स्रोत पुस्तिका विमोचन कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष ओलीले वातावरण, वन, वन्यजन्तु र प्रकृतिमा निर्भर जीव-जन्तुको संरक्षणप्रति एमाले पार्टी निरन्तर दृढ रहेको बताएका हुन् ।

‘हाम्रो पहिलो निष्ठा देशवासी र मानव जातिप्रति हो, हामी केवल चुनाव वा सरकारमा मात्र सीमित छैनौँ, मानव जातिलाई आवश्यक सबै पक्षप्रति हाम्रो गम्भीर ध्यान छ’, उनले भने । 

नेपालको भू-भागको ठुलो हिस्सा वन क्षेत्रले ढाकिएको जनाउँदै ओलीले वन्यजन्तुको दिगो व्यवस्थापनका लागि क्षमता अनुसार संरक्षण नीति अघि सारिनुपर्ने विचार व्यक्त गरे । 

‘हाम्रा वनले धान्ने सङ्ख्यामा मात्रै बाघ पाल्नुपर्छ, हौसिने काम गर्नुहुँदैन, हौसियो भने बाघले मान्छे गन्दैन,’ उनले भने । 

वातावरणीय असन्तुलन तथा जलवायु अन्यायको प्रसंग उठाउँदै अध्यक्ष ओलीले वातावरण जोगाउने मुलुकले भोगिरहेको आर्थिक बोझ र प्रदूषण फैलाउने मुलुकहरूले पाएको फाइदा अन्यायपूर्ण रहेको टिप्पणी गरे ।

 ‘हामी वातावरण जोगाइरहेका छौँ, तर गरिबी बोकेका छौँ, हामीले तेल किनेर चलाउनुपर्छ, वातावरण बिगार्नेले अक्सिजन सित्तैमा पाउने यो मुलुकका लागि न्याय होइन,’ उनले भने ।

अध्यक्ष ओलीले फरक प्रसंगमा नेपाली जनतालाई झुक्याउनेहरुको रजगज भएको बताउनुभयो । वातावरण सच्याउनको लागि सबैभन्दा पहिला राजनीतिको मुहान सच्याउनु पर्ने उनको धारणा छ । अहिले राजनीति नै फोहोर भएकोले सबैभन्दा पहिला त्यसलाई सच्याउने पर्ने ओलीले बताए ।

आगजनी, वितण्डा, राष्ट्रिय क्षतिलाई आन्दोलन भन्दै केही मानिसहरूले देश र लोकतन्त्रलाई क्षति पुग्ने गरी राज गरिरहेको उनको भनाइ थियो ।  

अवैध र अनधिकृत रूपमा सिफारिस गरिएको संसद् विघटनविरुद्ध बोल्न नसक्ने हो भने नेपाली डिक्सनेरीबाट सत्य भन्ने शब्द डिलिट गर्दिए हुने उनको तर्क छ । 

ओलीले  अदालतले पनि मान्छे र पार्टी हेरेर फैसला गर्ने परिपाटी बसेको भन्दै असन्तुष्टि व्यक्त गरे । मधेस प्रदेश सरकारबारे सर्वोच्च अदालतले दिएको परमादेशप्रति असन्तुष्टि व्यक्त गर्दै उहाँले अदालतले आफ्नो र संविधानको मर्यादा राखेर फैसला गर्नुपर्ने बताए ।

‘कानुन हेरेर होइन, मान्छे र पार्टी हेरेर फैसला गर्ने अदालतको समेत परिपाटी बसेको छ, संविधानले ३० दिनभित्र विश्वासको मत लिनुपर्छ भनेको छ, एक महिना पुग्न चार दिन बाँकी होला, सर्वोच्चले २४ घण्टाभित्र विश्वासको मत लिनू भन्छ, म सुन्दा आश्चर्य चकित भएँ, चार दिनपछि त एक महिना पुग्छ तीन दिन अगाडि तान्नको लागि संविधान विपरीत आदेश दिन्छ’, उनको भनाइ थियो ।