काठमाडौँ । बुधवार प्रि-ओपन सेसनमा नेप्से परिसूचक साढे २ अंकले वृद्धि भएको छ। यो समयमा नेप्से परिसूचक २.७९ अंकले बढेर २६४७.४१ विन्दुमा पुगेको छ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार सेसनमा ६४ वटा स्क्रिप्सको १५ हजार ५३ कित्ता सेयर १ करोड २१ लाख २४ हजार २६३ रुपैयाँमा खरिदबिक्री भएको छ । कारोबारमा आएकामध्ये २९ वटा स्टक्सको मूल्य बढ्दा २८ वटाको घटेको छ भने ४ स्टक्सको मूल्य भने स्थिर रहेको छ ।







