काठमाडौँ । प्रतिनिधि सभा विघटनविरुद्धको रिटमाथि सुनुवाइ सकिएको छ। प्रधान न्यायाधीश प्रकाशमान सिंह राउतसहित पाँच जनाको पूर्ण इजलासमा रिटमाथि सुनुवाइ सकिएको हो।
एमालेका विघटित प्रतिनिधि सभाका प्रमुख सचेतक महेश बर्तौलाले बहस सकिएको र आजै आदेश आउने जानकारी दिए।
पूर्ण इजालसमा प्रधान न्यायाधीश राउतसहित न्यायाधीश सपना प्रधान मल्ल, कुमार रेग्मी,हरिप्रसाद फुयाँल र मनोजकुमार शर्मा छन्।
प्रतिनिधि सभाको पुनर्स्थापनाको माग गर्दै नेकपा एमालेले मंसिर ९ गते सर्वोच्च अदालतमा रिट दायर गरेको हो।
प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभा विघटन गरेपछि पुनर्स्थापनाको माग गर्दै एमाले सर्वोच्च पुगेको हो।
रिट निवेदनमा प्रधानमन्त्री कार्कीको शपथ ग्रहण तथा अन्य नियुक्ति समेत उत्प्रेषणको आदेशले बदरको माग गरिएको छ। प्रतिनिधिसभा विघटनविरुद्ध परेका अन्य रिटमा भने सर्वोच्चले विपक्षीका नाममा लिखित जवाफ माग गरेको छ।



