२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेपाल आँखा अस्पतालद्वारा दूर दराजमा सेवा पुर्‍याउने प्रतिबद्धता

अ+ अ-

काठमाडौँ । त्रिपुरेश्वरस्थित नेपाल आँखा अस्पतालले सेवालाई थप गुणस्तरीय बनाउँदै दूर दराजसम्म पुर्‍याउने प्रतिबद्धता जनाएको छ । आज आयोजित अस्पतालको २१औँ वार्षिक साधारण सभा अस्पतालका अध्यक्ष डा. गोपालप्रसाद पोखरेलले आँखा उपचारका क्षेत्रमा विकसित नयाँ प्रविधि भित्र्याउँदै गुणस्तरीय सेवा र भौतिक पूर्वाधार विकासमा उत्तिकै ध्यान दिइएको बताए ।

अस्पतालले नियमित सेवाबाहेक शल्यक्रिया शिविर र विद्यालय आँखा कार्यक्रम सञ्चालन तथा मधुमेहबाट आँखासम्बन्धी हुनसक्ने रोग पत्ता लगाई उपचार गर्दै आएको छ । अध्यक्ष पोखरेलले भने, “नेपाल आँखा अस्पतालमा विभिन्न विषयका अनुसन्धान सुरु गरिएको छ, हाल नेत्र विशेषज्ञ र दृष्टि विज्ञेषज्ञहरुबाट २४ वटा शोधपत्र तयार गरिँदै छ ।”

अस्पतालले गत आर्थिक वर्ष २०८१/८२ मा बहिरङ (ओपिडी)तर्फ एक लाख ६४ लाख ५७० जनाको आँखा परीक्षण गरेको थियो भने गहन सात हजार ८०४ सहित १० हजार ३९० शल्यक्रिया गरेको जनाएको छ ।

अस्पतालले चालु आर्थिक वर्षमा एक लाख ७७ हजार ५०० लाई बहिरङ सेवा तथा सानाठूलागरी १२ हजार ५३० शल्यक्रिया गर्ने लक्ष्य लिएको छ । हाल अस्पतालमा १६ जना नेत्र विशेषज्ञसहित १४१ जना कर्मचारी कार्यरत छन् । त्यस्तै, अस्पतालका आजीवन सदस्य सङ्ख्या १४१ रहेको छ ।

अस्पताल सञ्चालक समितिका सचिव युद्ध ध्वज सापकोटाले  आर्थिक वर्ष २०८१/८२ मा  ७५० बिरामीले उपचारमा नि:शुल्क र सहुलियतपूर्ण सुविधा लिएको बताए ।  

गैरनाफामूलक सेवामुखी  संस्थाका रूपमा ५२ वर्षअघि स्थापित अस्पतालले सरकार र विश्व स्वास्थ्य संगठनको आँखा उपचारको लक्ष्य प्राप्ति गर्न गुणस्तरीय र सर्वसुलभ रूपमा सेवा प्रवाह गर्दै आएको छ । 

कोषाध्यक्ष अनिलप्रसाद गोर्खालीले गत आव २०८१/८२ मा अस्पतालको कूल सम्पत्ति तथा जायजेथा रु. ७२ करोड ५४ लाख ७५ हजार ४५० पुगेको जानकारी दिए । त्यस अवधिमा अस्पतालको आम्दानी रु. २५ करोड, २५ लाख, ८० हजार ८७४ गरेको थियो । सोही अवधिमा अस्पतालले रु. पाँच करोड ४६ लाख ६० हजार ६७६ मूल्य बराबरको मेसिनरी औजार र सवारीसाधन थप गरेको छ ।

चालु आर्थिक वर्षको प्रस्तावित कार्यक्रमका लागि पुँजीगत खर्चतर्फ रु. छ करोड ५१ लाख ४० हजारसहित रु. ३४ करोड, ५६ लाख ६२ हजार बजेट खर्चको अनुमान गरेको छ ।

उक्त आर्थिक वर्षसम्ममा अस्पतालको विभिन्न वाणिज्य बैंक र मुद्दती खाता तथा अक्षयकोषमा गरी रु. ३१ करोड, ३६ लाख ८९ हजार २१४ नगद रकम रहेको कोषाध्यक्ष गोर्खालीले जानकारी दिए ।

काठमाडौँ महानगरपालिकाका पूर्वप्रमुख तथा कार्यसमिति सदस्य राजाराम श्रेष्ठले नेपालको आँखा उपचारका क्षेत्रमा गौरवमय इतिहास रहेको विशिष्टीकृत सेवा प्रदान गरिरहेको आँखा अस्पताललाई दक्षिण एशियाकै नमुना अस्पतालका रूपमा विकास गर्न रचनात्मक सहयोगको अपेक्षा गरे । अस्पतालले राजधानी बाहिर अघिल्लो आर्थिक वर्षमा १५ वटा आँखाको नि:शुल्क शल्यक्रिया शिविर र रु. ३५ लाख बराबरको चस्मा र औषधि उपलब्ध गराएको थियो ।  

साधारण सभाले आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम, आर्थिक प्रतिवेदन र २०८१/८२ को लेखापरीक्षण प्रतिवेदन पारित गरेको छ ।