काठमाडौँ । लोक सेवा आयोगले परराष्ट्र सेवातर्फ राजपत्रांकित तृतीय श्रेणी (शाखा अधिकृत) को अन्तिम नतिजा सार्वजनिक गरेको छ ।
लिखित परीक्षा, सूचना प्रविधि सीप परीक्षण, सामूहिक परीक्षण र अन्तर्वार्तामा प्राप्त अंकका आधारमा उम्मेदवारहरूको योग्यता क्रम निर्धारण गरी नामावली प्रकाशन गरिएको आयोगले जनाएको छ ।
सोही आधारमा छनोट भएका उम्मेदवारहरूलाई स्थायी नियुक्तिका लागि परराष्ट्र मन्त्रालयमार्फत संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सिफारिस गरिने निर्णय भएको छ ।







