२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पूर्वकृषि सचिव भारी प्रतिवादी रहेको भ्रष्टाचार मुद्दा अख्तियारद्वारा सर्वोच्चमा पुनरावेदन

अ+ अ-

काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्व कृषि सचिव राजेन्द्रप्रसाद भारीसहित प्रतिवादी रहेको शीत भण्डार निर्माणसम्बन्धी भ्रष्टाचार मुद्दामा विशेष अदालतले दिएको सफाइको फैसलाप्रति चित्त नबुझी सर्वोच्च अदालतमा पुनरावेदन दर्ता गरेको छ ।

तत्कालीन उच्च मूल्य कृषि वस्तु विकास आयोजना (एचभीएपी), सुर्खेतका आयोजना प्रमुख तथा कर्णाली प्रदेश सरकारका तत्कालीन सचिव भारीसहितका प्रतिवादीलाई विशेष अदालतले २०८१ वैशाख १० गते सफाइ दिएको थियो ।

आयोगले दायर गरेको मुद्दामा सुर्खेतको वीरेन्द्रनगर औद्योगिक क्षेत्रमा शीत भण्डार निर्माणका लागि स्टिल स्ट्रक्चर एयड मेशेनरीज सम्बन्धी कार्य गर्दा विषय विज्ञले प्रमाणित नै नगरेको खेस्रा डिजाइन र नक्साको आधारमा लागत अनुमान तयार गरिएको र निर्माण कार्य डिजाइन विपरीत, अधुरो, अपुरो र प्रयोगविहीन अवस्थामा छाडिएको आरोप लगाइएको थियो ।

योजनाअन्तर्गत ९२ लाख ४३ हजार २९८ बराबरको भुक्तानी दिइएको भए पनि निर्माण कार्य अधुरो र प्रयोगविहीन अवस्थामा रहेको आयोगको दाबी छ । त्यसै आधारमा आयोगले भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार कैद सजाय, बिगो असुल र जरिवानाको माग गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

तर विशेष अदालतले प्रतिवादीलाई सफाइ दिएपछि आयोगले उक्त फैसलामा चित्त नबुझेको भन्दै आइतबार सर्वोच्च अदालतमा पुनरावेदन दर्ता गरेको आयोगका सहसचिव एवं प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिएका छन् ।