काठमाडौँ । सरकारले कोलम्बो प्लानको नवौँ महासचिव पदमा सचिव डा. गोविन्दप्रसाद शर्माको उम्मेदवारी मनोनयन गर्न स्वीकृति दिने निर्णय गरेको छ ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कोलम्बो प्लानको नवौँ महासचिव पदमा कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा। गोविन्दप्रसाद शर्माको उम्मेदवारी मनोनयन गर्न स्वीकृति दिने निर्णय गरेको हो ।
यसैबीच आज मात्रै सचिव शर्माको सरुवा गरिएको छ । उनलाई वन तथा वातावरण मन्त्रालयमा पठाइएको छ । उनको ठाउँमा वन तथा वातावरण मन्त्रालयका सचिव राजेन्द्रकुमार मिश्रलाई ल्याइएको छ ।







