२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

महन्थ, हृदयेश र वृषेशचन्द्र लालबीच पार्टी एकता गर्ने सहमति

अ+ अ-

काठमाडौँ । महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, हृदयेश त्रिपाठी नेतृत्वको जनता प्रगतिशील पार्टी र वृशेषचन्द्र लाल नेतृत्वको तराई-मधेश लोकतान्त्रिक पार्टीबीच एकीकरण हुने भएको छ।

तीनै दलका अध्यक्ष ठाकुर, त्रिपाठी र लालले संयुक्त विज्ञप्ति प्रकाशित गरी एकीकरण गर्ने सहमति गरिएको जनाएका छन्।

तीन दलले भ्रष्टाचार अन्त्य गर्दै विधिको पूर्ण सुशासनका लागि आम निर्वाचन एक मात्र विकल्प भएको निष्कर्ष निकालेका छन्। समान अधिकार, समानुपातिक समावेशिता र विविधताको सम्मान सुनिश्चित गर्दै एकीकृत हुने निर्णय गरिएको विज्ञप्तिमा उल्लेख छ।

‘समान अधिकार, राज्यका हरेक अंगमा समानुपातिक समावेशिता, विविधताको सम्मानको सुनिश्चितता नै भएको तथा सो दिशामा अगाडि बढ्न संघीय लोकतान्त्रिक गणतन्त्रप्रतिको प्रतिबद्ध सिमान्तिकरणमा पारिएकाहरूको वृहत् राजनीतिक शक्तिको निर्माण र एकता आवश्यक भएको मनन गर्दै लोकतान्त्रिक समाजवादी पार्टी, जनता प्रगतिशील पार्टी र तराई-मधेश लोकतान्त्रिक पार्टी एकजुट भई एकीकृत हुने निर्णय गरेका छौं,’ एकता सहमतिपछि जारी विज्ञप्तिमा भनिएको छ।

साथै मधेश, थरुहट, आदिवासी जनजाति, दलित, मुस्लिम लगायत सिमान्तिकरणमा पारिएकाहरूको प्रतिनिधित्व गर्ने सबै राजनीतिक शक्ति र व्यक्तिहरूलाई गोलबद्ध हुन समेत आह्वान गरिएको छ।