२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

स्वास्थ्य बीमा कार्यक्रमको प्रभावकारी कार्यान्वयन गरेर स्वास्थ्यमा सर्वव्यापी पहुँच बढाउनुपर्नेमा जोड

अ+ अ-

काठमाडौँ । स्वास्थ्य बीमा कार्यक्रमको प्रभावकारी कार्यान्वयन गरेर स्वास्थ्यमा सर्वव्यापी पहुँच बढाउनुपर्नेमा जोड दिइएको छ । 

स्वास्थ्य बीमा बोर्डले आज यहाँ आयोजना गरेको विश्व स्वास्थ्यको सर्वव्यापी पहुँच दिवसका अवसरमा आयोजित अन्तरक्रियामा बोर्डका अध्यक्ष चन्द्रबहादुर थापाले स्वास्थ्य बीमाले लागू गरिएका कार्यक्रममार्फत सबै नेपालीका स्वास्थ्यमा पहुँच पुर्‍याउन सकिने बताए । 

अध्यक्ष थापाले गुणस्तर स्वास्थ्य सेवाको पहुँच पुर्‍याउन स्वास्थ्य बीमाको विकासबाट मात्र सम्भव रहेको बताए । उनले अहिले एक जना बिरामीले उपचार गरेबापत सयमा ५५ रुपैयाँ आफैँ खर्च गर्ने गरेको उल्लेख गर्दै बीमाबाट उपचारको सबै खर्च व्यवस्था गरेर खर्च कम गर्न सकिने बताए । 

बोर्डका कार्यकारी निर्देशक डा. रघुराज काफ्लेले १० वर्षमा नेपालका स्वास्थ्य सुधारमा बीमा कार्यक्रमले उल्लेखनीय प्रगति हासिल गरेको बताए । उनले नेपालका कुल २१ प्रतिशत मानिसलाई बीमामार्फत स्वास्थ्यको पहुँच दिँदै आएको भन्दै नेपालले बीमाबाट स्वास्थ्य सेवामा गरेको प्रगति अन्य देशको तुलनामा धेरै राम्रो रहेको बताए । 

उनले बीमा आबद्ध भएकामध्ये ४१ प्रतिशतले स्वास्थ्य सेवा लिने गरेको बताए । उनले बीमा कार्यक्रमले व्यक्तिको उपचारमा लाग्ने खर्च घटाउने भूमिका खेलेको भन्दै सबै अस्पतालमा तोकिएको औषधि उपलब्ध हुने हो भने मानिसको स्वास्थ्य पहुँच अझ बढ्ने बताए । 

कार्यक्रममा बोर्ड सदस्य डा. मुक्तिराम श्रेष्ठले स्वास्थ्यमा पहुँच पुर्‍याउन स्वास्थ्यकर्मी र स्वास्थ्य संस्था सङ्ख्या बढाउनु आवश्यक रहेको बताए। उनले बीमामार्फत नै नेपालमा सबैमा स्वास्थ्यको पहुँच पुर्‍याउन सकिने बताए । 

कार्यक्रममा ब्रिटिस राजदूतावासका स्वास्थ्य सल्लाहकार डा. दीपक कार्कीले बीमा कार्यक्रममार्फत बीमितको सजिलैसँग उपचार हुन सके धेरै मानिस बीमा आबद्ध भई स्वास्थ्यमा पहुँच पुर्‍याउन सक्ने बताए । 

धुलिखेल अस्पतालका प्रा. डा. बलराम मल्लले स्वास्थ्य बीमा कार्यक्रमको प्याकेजमा समस्या देखिएकाले बीमित अझै उपचारबाट वञ्चित हुनुपरेको बताए । उनले बीमितलाई बीमा कार्यक्रमबाट सहज ढंगबाट उपचारको व्यवस्था गर्नुपर्नेमा जोड दिए । 

जर्मनी अन्तरराष्ट्रिय सहयोग संस्था जिआइजेडका स्वास्थ्य सल्लाहकार प्रतिमा राईले स्वास्थ्य बीमा कार्यक्रमले नेपालको स्वास्थ्य सेवाको पहुँचमा बढाएको बताए । 

जनस्वास्थ्यविद् चुडामणि भण्डारीले स्वास्थ्य बीमा कार्यक्रमलाई अझ प्रभावकारी रूपमा लगेर नेपालको स्वास्थ्य सेवा पहुँच बढाउनुपर्नेमा जोड दिए। स्वास्थ्य बीमा कार्यक्रममाअन्तर्गत पाँच जना परिवारसम्मका लागि रु तीन हजार ५०० बराबरको योगदानको आधारमा रु एक लाखसम्मको स्वास्थ्य सेवा सुविधा उपलब्ध हुन्छ ।