२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

तोकिएकै समयमा चुनाव हुनेमा भीम रावलको आशंका

अ+ अ-

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका नेता डा. भीम रावलले सरकारको गतिविधिहरू हेर्दा तोकिएकै समयमा प्रतिनिधि सभाको निर्वाचन हुने कुरामा शंका उत्पन्न भएको बताएका छन् ।

नेपाली कम्युनिष्ट पार्टीको एकता सन्देश सभालाई सम्बोधन गर्न डोटी पुगेका नेता रावलले सरकारले चुनावको वातावरण बनाउने भन्दा अरू अरू कुरामै बरालिएको आरोप लगाएका हुन् ।

‘लुटिएका हजारौँ गोलीगट्ठाहरु, घातक हतियारहरू अहिलेसम्म नियन्त्रणमा लिन सकेको छैन, कयौँ कैदी वन्दीहरू अहिले पनि फरार छन्’ बिहीबार डोटीको सिलगढीमा आयोजित पत्रकार सम्मेलनमा भने ‘शान्ति सुरक्षाको स्थिति हेर्दा यो सरकारले जसरी त्यसलाई केलाएर हेर्नु पर्ने हो, त्यो गरिरहेको देखिँदैन ।’

उनले सरकारले सबै दलहरूलाई निर्भीकतापूर्वक निर्वाचनमा भाग लिने वातावरण बनाउनु पर्ने बताए । निर्वाचनमा आन्तरिक वा बाह्य कुनै पनि प्रकारको हस्तक्षेप हुन नहुने उनको भनाई छ । राष्ट्रको एकतालाई टुक्राउने, सामाजिक सद्भाव बिथोल्ने कुनै पनि काम नगर्न रावलले सरकारलाई सुझाव दिए ।