२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

स्वास्थ्यमा सर्वव्यापी पहुँच प्राप्तिको लागि सहयोग गर्न जनसमुदायलाई आह्वान

अ+ अ-

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्यमा सर्वव्यापी पहुँच प्राप्तिको लागि सहयोग गर्न सरोकारवाला जनसमुदायलाई आह्वान गरेको छ ।

स्वास्थ्यमा सर्वव्यापी पहुँच दिवस (युनिभर्सल हेल्थ कभरेज) २०२५ को अवसरमा विज्ञप्ति जारी गर्दै स्वास्थ्यमा सर्वव्यापी पहुँच प्राप्तिका लागि देशका नीतिनियम निर्माण, व्यवस्थापक, कार्यक्रम सञ्चालक, शैक्षिक प्रतिष्ठान, साझेदार निकायहरू एवं सरोकारवाला जनसमुदायलाई आह्वान  गरेको हो । 

आज “स्वास्थ्यमा सर्वव्यापी पहुँचका लागि वित्तीय सुरक्षा” भन्ने नाराका साथ स्वास्थ्यमा सर्वव्यापी पहुँच दिवस मनाइँदै छ ।मन्त्रालयले नेपालको संविधान, जनस्वास्थ्य सेवा ऐन, नियमावली, राष्ट्रिय स्वास्थ्य नीति तथा कार्यक्रममार्फत नागरिकहरूको आधारभूत स्वास्थ्य सेवा निःशुल्क पाउने, आकस्मिक उपचार सेवा सबैलाई उपलब्ध हुने र गुणस्तरीय उपचार सेवा पाउने मौलिन हकलाई सुनिश्चित गर्न वार्षिक कार्यक्रम सञ्चालन गर्दै आएको छ । 

संघीय संरचनापश्चात् सामाजिक आर्थिक भिन्नता, शैक्षिक स्थिति, फरक स्वास्थ्य आवश्यकतालाई दृष्टिगत गरी राष्ट्रिय स्वास्थ्य नीति तर्जुमा गरेको छ । 

जसले गुणस्तरीय स्वास्थ्य सेवाको पहुँच र उपलब्धतामा जोड दिएको छ । सेवा विहीन जनसङ्ख्यामा समतामूलक सेवा उपभोगको वातावरण निर्माण गर्न, सेवा प्रवाहलाई सुदृढ गर्न र त्यस्ता समुदायबाट स्वास्थ्य सेवाको माग बढाउने परिकल्पना गरेको छ । 

स्वास्थ्यमा सर्वव्यापी पहुँचको सिद्धान्तमा आधारित भई नेपालले स्थानीय तहका सबै वडामा आधारभूत स्वास्थ्य सेवा केन्द्र, सबै स्थानीय तह आधारभूत सेवा उपलब्ध गराउने अस्पताल, सातवटै प्रदेशमा विशेषज्ञ सेवा प्रदान गर्न आधुनिक अस्पताल, ७७ वटै जिल्लामा प्रभावकारी रूपमा स्वास्थ्य बीमा कार्यक्रमको विस्तार, विपन्न नागरिकका लागि जटिल प्रकृतिका नसर्ने रोगको उपचार कार्यक्रम लगायत विशेषज्ञ एवं विशिष्टीकृत सेवाहरूको विकास र विस्तार गर्दै आएको छ । 

यसका साथै सेवा नपुगेका दुर्गममा टेलिमेडिसिन जस्ता प्रविधिमार्फत स्वास्थ्य सेवा उपलब्ध गराउने कार्यक्रमहरू सञ्चालनमा रहेको जनाएको छ । 

बहुपक्षीय सहकार्यमार्फत आधारभूत स्वास्थ्य सेवा विस्तार गर्न, स्वास्थ्य सेवा प्रदायकहरूको कार्यसम्पादन प्रभावकारी बनाउन, स्वास्थ्य संस्थाहरूको समयानुकूल क्षमता अभिवृद्धि गर्न, विशेषज्ञ एवं विशिष्टीकृत सेवा विकास तथा विस्तार गर्न, नागरिकको आवश्यकता र क्षमतालाई आधार मानी स्वास्थ्य बीमा कार्यक्रमलाई परिमार्जन गर्न लगायतका नीति कार्यक्रम सरकारको प्राथमिकतामा छन् । 

नेपालको स्वास्थ्य क्षेत्रमा व्याप्त असमानताहरूका सम्बोधन गर्न र स्वास्थ्यमा सर्वव्यापी पहुँच हासिल गर्न दिशामा काम गर्न मन्त्रालयले मार्गचित्र तयार गरी सोही अनुसारका रणनीतिक कार्ययोजना सञ्चालन गर्दै जाने जनाएको छ । 

स्वास्थ्यमा सर्वव्यापी पहुँच भनेको सबै समुदायका मानिसहरूले आर्थिक कठिनाइ बिना गुणस्तरीय स्वास्थ्य सेवाहरूमा पहुँच पाउनु हो । 

यसले स्वास्थ्य प्रवर्धनदेखि रोकथाम, उपचार, पुन:स्थापनाको र जीवनको उत्तरार्द्धमा चाहिने हेरचाह सम्मलाई समेट्छ र यो सुदृढ प्राथमिक स्वास्थ्य सेवा प्रणालीमा आधारित हुन्छ । 

स्वास्थ्यमा सर्वव्यापी पहुँचले मानिसहरूलाई गरिबीको रेखाबाट माथि उठ्न मद्दत गर्दछ, पारिवारिक तथा सामुदायिक स्वास्थ्यको स्तरोन्नति हुन्छ, जनस्वास्थ्य संकटको जोखिम कम हुन्छ र सबैले सहजै स्वास्थ्य सेवा पाउने स्थिति निर्माण हुन्छ ।