२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राजस्व चुहावट नियन्त्रणमा सशक्त बन्दै पर्साको सशस्त्र प्रहरी

अ+ अ-

वीरगञ्ज (पर्सा) । सीमा सुरक्षामा खटिने सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हेड क्वाटर पर्साले चालु आर्थिक वर्षको झण्डै पाँच महिनाको अवधिमा राजस्व चुहावट नियन्त्रणमा प्रभावकारी ढङ्गले काम गर्दै आइरहेको छ । 

सशस्त्र प्रहरीले चालु आर्थिक वर्षको पाँच महिनामा मात्रै सीमावर्ती भारतीय बजारबाट भन्सार छली गरेर भित्र्याइएका रु १३ करोड ६२ लाख ७२ हजार ६९५ मूल्य पर्ने वस्तु तथा सामान बरामद गरेर वीरगञ्ज भन्सार कार्यालयमा बुझाएको छ । 

सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हेड क्वाटर पर्साका गणपति तथा सशस्त्र प्रहरी उपरीक्षक पुरनचन्द्र भट्टले सशस्त्र प्रहरीको सक्रियता बढाएसँगै अवैध चोरीरतस्करी गरेर भित्र्याइने वस्तु तथा सामान नियन्त्रणमा लिने क्रम ह्वात्तै बढेको जानकारी दिए ।

“सशस्त्र प्रहरीले गत आवभरिमा रु २८ करोड ९२ लाख ५० हजार मूल्य पर्ने अवैध चोरी तस्करीका सामान बरामद गरेका थियौँ”, उनले भने, “चालु आवमा पनि बरामदी हुने सामानको उल्लेखनीय मात्रामा बढेकाले पनि गत आवको भन्दा धेरै बरामदी हुने आशा गरेका छौँ ।”

सशस्त्र प्रहरी बल नेपाल पर्साले चालु आवको झण्डै पाँच महिनाको अवधिमा बिलविजकभन्दा बढीका रु आठ करोड ५९ लाख ७२ हजार ७५० मूल्य पर्ने सामान राजस्व अनुसन्धान कार्यालय पथलैयामा बुझाएको छ । जबकी सशस्त्र प्रहरीले गत आवभरिमा भने रु ११ करोड ९९ लाख ४७ हजार १७८ मूल्य पर्ने बिलविजकभन्दा बढीका सामान राजस्व अनुसन्धान कार्यालय पथलैयामा बुझाएको थियो । 

सशस्त्र प्रहरी उपरीक्षक भट्टले पर्सामा १०७ किलोमिटर खुला सीमानाका छिमेकी मुलुक भारतसँग जोडिएकाले पनि सशस्त्र प्रहरले चोरी तस्करी नियन्त्रणमा प्रभावकारी कदम चाल्दै आइरहेको बताए।

“हामीले तालिमप्राप्त कुकुरदेखि २४ औँ घण्टा सशस्त्र प्रहरी सीमा क्षेत्रमा खटाएर चोरी तस्करी नियन्त्रण गर्नका लागि प्रभावकारी कदम चाल्दै आइरहेका छौँ”, उनले भने, “सशस्त्र प्रहरीले चोरी तस्करी नियन्त्रणमा कदम चालेसँगै वीरगञ्ज भन्सार कार्यालयले पनि उत्साहजनक ढङ्गले राजस्व संकलन गर्दै आइरहेको छ ।” 

वीरगञ्ज भन्सार कार्यालयले चालु आवको रु चार महिनामा ७५ अर्ब ५९ करोड राजस्व  संकलन गरेको छ । जबकी गत आव सोही अवधिमा भने कार्यालयले रु ६६ अर्ब ७३ करोड मात्रै राजस्व संकलन गरेको छ । गत आवको चार महिनाको तुलनामा चालु आवको चार महिनाको अवधिमा वीरगञ्ज भन्सार कार्यालयले १३ प्रतिशतअर्थात् रु आठ अर्ब ७६ करोड बढी राजस्व संकलन गरेको छ । 

सशस्त्र प्रहरी उपरीक्षक भट्टले चालु आवमा बेमौसमी बर्सात, जेनजी प्रदर्शन, छिमेकीमुलुक भारतको विहार राज्यमा भएको विधानसभा निर्वाचनलगायतको बाबजुद पनि राजस्व संकलनमा उत्साहजनक देखिनु सकारात्मक पाटो रहेको बताए ।

“सशस्त्र प्रहरीले आफ्नो जिम्मेवारीलाई इमान्दारीपूर्वक कार्यसम्पादन गर्दै आइरहेको छ”, उनले भने, “अहिले पर्सा जिल्लामा हुने चोरी तस्करी नियन्त्रणमा पनि सबैको साथ र सहयोगको कारणले पनि उल्लेखनीय प्रगति हासिल गर्न सकिरहेका छौँ ।” सशस्त्र प्रहरी बल पर्साले विपद्मा उद्धार पनि उत्तिकै प्रभावकारी भूमिका निर्वाह गर्दै आइरहेको छ । गत असोज १८ र १९ गतेको बाढीमा पनि यहाँ भएको डुबानमा सुत्केरी महिलालगायतको उद्धारमा सक्रियतापूर्वक खटिएको थियो । त्यस्तै गरी सशस्त्र प्रहरीले कटुवा पेस्तोलसहित दुई जना व्यक्तिलाई नियन्त्रणमा लिएर नेपाल प्रहरीको जिम्मा लगाएको छ ।  

सशस्त्र प्रहरीले चालु आवको झण्डै पाँच महिनाको अवधिमा ३५० किलोग्राम गाँजा नियन्त्रणमा लिएको छ । त्यस्तै गरी सोही अवधिमा ३० दशमलव ९८ किलोग्राम चरेश पनि नियन्त्रणमा लिएको छ ।