२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘तेस्रो वातावरणीय मानवअधिकार रक्षक सम्मेलन’ सम्पन्न

अ+ अ-

भक्तपुर । यसवर्षको ‘तेस्रो वातावरणीय मानवअधिकार रक्षक सम्मेलन’ शुक्रबार चाँगुनारायण नगरपालिकामा सम्पन्न भएको छ । 

७७औँ अन्तरराष्ट्रिय मानवअधिकार दिवस तथा १७औँ राष्ट्रिय मानवअधिकार महोत्सवका अवसरमा चाँगुनारायण नगरपालिका र राष्ट्रिय मानवअधिकार आयोगको संयुक्त आयोजना एवं राष्ट्रिय जनवकालत मञ्च नेपाल तथा स्वच्छ हावा सञ्जाल चाँगुनारायणको सहकार्यमा सम्पन्न भएको हो ।

सम्मेलनको उद्घाटन गर्दै काठमाडौँ उपत्यका मेयर्स फोरमका अध्यक्ष तथा ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले स्वच्छ हावा लिएर बाँच्ने नैसर्गिक अधिकार सुनिश्चितता गर्न स्थानीय सरकारको महत्त्वपूर्ण भूमिका रहने बताए। उनले वातावरण सुधारका लागि स्थानीय तहले कूल बजेटको २० देखि २५ प्रतिशत बजेट विनियोजन गर्नु पर्ने, सडकको दायाँबायाँ रुख रोप्नु पर्ने, घरको नक्सा पास गर्दा दुईवटा रुख घर कम्पाउण्डमा रोप्नुपर्ने, वातावरण मास्नेलाई कडा कारबाहीको नीति लिँदै सडकमा रुख काट्नेदेखि मास्नेसम्मलाई एक लाख ५० हजारसम्म जरिवाना लगाएको बताए। उनले भने, “नेपाली सेनाले वर्षौँदेखि भोगचलन गर्दै आएको लगनखेलस्थित नेपाली सेनाको पेट्रोल पम्प पछाडि रहेको ३० रोपनी जग्गा र त्यही रहेको पागल पोखरीको १५ रोपनी जग्गा महानगरले फिर्ता लिएर अहिले आकर्षक र हरियालीसहितको ठूलो पार्क निर्माण गरेका छौँ ।” 

कार्यक्रमका अध्यक्ष एवं चाँगुनारायण नगरपालिका प्रमुख जीवन खत्रीले वातावरणमैत्री विकास निर्माणमा चाँगुनारायण नगरपालिकाले जोड दिएको बताउँदै नगरपालिकाले वातावरणीय संरक्षणको क्षेत्रमा सरोकारवाला र आमनागरिकको सहकार्यमा अगाडि बढिरहेको बताए।

उनले चाँगुनारायण नगरपालिका ७५३ स्थानीय तहमध्ये वायू गुणस्तर कार्ययोजना तयार गर्ने पहिलो नगरपालिका रहेको बताउँदै नगरभित्रका इँटा भट्टा घट्दै गएको, सञ्चालनमा रहेकाले पनि वातावरणमैत्री प्रविधि अपनाउन थालेको र वायू प्रदूषण न्यूनीकरण प्रभावकारी भइरहेको बताए ।