२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अष्टलक्ष्मी शाक्यले भनिन् : ‘पार्टीमा तेस्रो पुस्ता आइसक्यो, उनीहरूलाई भरोसा गर्नुपर्छ’

अ+ अ-

काठमाडौँ। नेकपा एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले पार्टीमा तेस्रो पुस्ता आइसकेकाले उनीहरूलाई भरोसा गर्नुपर्ने बताएकी छन् ।

नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत बन्द सत्रको दोस्रो दिन भृकुटीमण्डपमा पत्रकारसँग कुराकानी गर्दै उपाध्यक्ष शाक्यले नयाँ पुस्तालाई भरोसा र विश्वास गर्नुपर्ने बताइन् ।

शाक्यले भनिन्, ‘उहाँहरु योग्य छ, विज्ञ छ, प्रविधिले युक्त छ, हामी जस्तो होइन नि त ?’

उनले ३/४ वर्षअघिदेखि नै आफूले पार्टीको सक्रिय राजनीति छोड्ने बताइरहेको प्रष्ट पारिन् ।

‘मलाई टिकट पनि चाहिँदैन, मलाई मन्त्री पनि चाहिँदैन भन्याथें, मेरो बारेमा चिन्ता नगर्नु भनेको थिएँ,’ शाक्यले भनिन्, ‘मैले टिकट पनि लिइनँ, अहिले आएर पार्टीको स्थिति हेरिरहँदा खेरि यति धेरै पार्टीमा दोस्रो पुस्ता भइरहँदा मैलेमात्र पार्टीमा बस्नुपर्छ, पार्टी सम्हाल्नुपर्छ भन्ने मलाई लाग्दैन ।’

उपाध्यक्ष शाक्यले पार्टीका लागि पछाडि बसेर पनि गर्न सकिने बताइन् । उनले पद नै चाहिन्छ भन्ने नलागेको बताइन् ।

उनले पार्टीको सक्रिय राजनीतिबाट अचानक बिदा लिएको बताइन् । कसैको सल्लाहबिनै, कसैले नभनी नै बिदा लिएको शाक्यले बताइन् । उनले भनिन्, ‘सबै छक्क पनि पर्नुभयो ।’