२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘एलार्गन’ औषधिको खरिद बिक्री फुकुवा

अ+ अ-

काठमाडौँ । नेपाल औषधि व्यवसायी संघ कोशी प्रदेशले भारतीय औषधि उत्पादक कम्पनी ‘एलार्गन’ औषधिको खरिद तथा बिक्री वितरणमा लगाएको रोक फुकुवा गरेको छ ।

कम्पनीको नेपालका लागि आधिकारिक आयातकर्ता ‘प्रिया ट्रेडिङ प्रालि’ ले व्यवसायीहरूको माग सम्बोधन गर्दै लिखित प्रतिबद्धता जनाएपछि संघले उक्त निर्णय गरेको हो । 

संघका अनुसार आज आयातकर्ता कम्पनीले संघको प्रचलित नियमावलीअनुसार म्याद गुज्रिएका औषधिको शतप्रतिशत शोधभर्ना दिने सहमति पत्र पठाएपछि समस्या समाधान भएको हो । 

नेपाल औषधि व्यवसायी संघ कोशी प्रदेशका अध्यक्ष धनराज काफ्लेले व्यवसायीहरूको माग पूरा भएकाले अब एलार्गन कम्पनीका औषधि निर्धक्क खरिद गर्न प्रदेश भरका व्यवसायीहरूलाई आग्रह गरेका छन् ।

आँखासम्बन्धी जेल तथा ड्रपहरू उत्पादन गर्ने एलार्गन कम्पनीको आयातकर्ता प्रिया ट्रेडिङले म्याद गुज्रिएका औषधि फिर्ता लिने सन्दर्भमा संघको नियमावली विपरीत ९० दिनपछि औषधि फिर्ता नलिने अडान लिएपछि विवाद उत्पन्न भएको थियो ।

नेपाल औषधि व्यवसायी संघको ‘शोधभर्ना तथा क्षतिपूर्ति नियमावली-२०६५ (संशोधित २०८१०’ अनुसार म्याद गुज्रिएका औषधिहरू खुद्रा बिक्रेताबाट १८ महिनासम्म र थोक बिक्रेताबाट २१ महिनासम्ममा फिर्ता लिई शतप्रतिशत शोधभर्ना दिनुपर्ने व्यवस्था छ । उक्त व्यवस्था पालना नगरेको भन्दै संघले आइतबारदेखि कोशी प्रदेशभर एलार्गन कम्पनीका औषधि खरिद नगर्ने निर्णय गरेको थियो ।

संघको चेतावनीपछि आयातकर्ता प्रिया ट्रेडिङ प्रालिका व्यवस्थापक श्याम महर्जनले संघलाई पत्र लेख्दै संघको नियमावलीअनुसार नै शोधभर्ना तथा क्षतिपूर्ति प्रदान गरिने प्रतिबद्धता व्यक्त गरेका छन् । पत्रमा संघको प्रचलित नियमावली पालना गरिने स्पष्ट उल्लेख गरिएको छ ।