काठमाडौँ। प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)को केन्द्रीय समितिको प्रथम पूर्ण बैठक सुरु भएको छ । काठमाडौँको नयाँबजारस्थित एक पार्टी प्यालेसमा पार्टीको केन्द्रीय समितिको प्रथम बैठक सुरु भएको हो ।
बैठकमा पार्टीको आगामी रणनीति, निर्वाचनको तयारी र पछिल्ला घटनाक्रमबारे छलफल हुने जानकारी रहेको छ । पार्टी गठनपछिको प्रलोपाको पहिलो बैठक बसेको हो । बैठक भोलिसम्म जारी रहेछ ।
काठमाडौँ । नेकपा एमालेको जारी एघारौँ महाधिवेशन अन्तर्गत उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन भएको छ । केन्द्रीय निर्वाचन आयोगले मनोनयन भएका नामहरूको अन्तिम नामावली सार्वजनिक गरेको हो ।
आयोगका अनुसार, आज मतदान हुँदै छ । मतदानको समय दिउँसो १२ बजेका लागि तोकिएको भए पनि प्राविधिक पक्ष मिलाउन पर्ने हुँदा केही बेर ढिलो सुरु हुने बताइएको छ । नयाँ कार्य तालिका सार्वजनिक भने भइसकेको छैन ।







