काठमाडौँ । साताको चौथो दिन बुधबार प्रि-ओपन सेसनमा नेप्से परिसूचक ३ अंक बढीले वृद्धि भएको छ। नेप्से परिसूचक ३.३३ अंकले बढेर २६२२.३२ विन्दुमा पुगेको छ ।
प्रि-ओपन सेसनमा ५० वटा स्क्रिप्सको १ हजार ६०८ कित्ता सेयर ११ लाख १६ हजार ९१५ रुपैयाँमा खरिदबिक्री भएको छ । कारोबारमा आएकामध्ये १६ वटा स्टक्सको मूल्य बढ्दा २९ वटाको घटेको छ भने बाँकी ४ स्टक्सको मूल्य भने यो समयमा स्थिर रहेको नेपाल स्टक एक्सचेन्ज लिमिटेडले जनाएको छ ।







