२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

टोखा नगरपालिकाद्वारा श्रम डेक्स स्थापना

अ+ अ-

काठमाडौँ । काठमाडौँको टोखा नगरपालिकामा ‘श्रम डेक्स’ स्थापना गरिएको छ । टोखाले श्रमिकहरूको हक, हित र अधिकारको रक्षाका लागि मंगलबारदेखि ‘श्रम डेक्स’ स्थापना गरी सञ्चालनमा ल्याएको हो ।

उक्त डेक्सको टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले शुभारम्भ गरेका हुन् । कार्यक्रम बोल्दै उनले नगरभित्र रहेका श्रमिकको हक, हित र अधिकारको रक्षाका लागि टोखा नगरपालिकाले श्रम डेस्क सञ्चालन तथा व्यवस्थापन कार्यविधि, २०८२ बमोजिम डेक्स स्थापना गरेको जानकारी दिएका छन् ।

नगरपालिकाले श्रम डेक्सबाट श्रमिकको पञ्जीकरण गरी परिचयपत्र वितरण गर्ने, श्रमिकहरूका उजुरी तथा गुनासोको सुनुवाइ गर्ने, श्रमिक तथा रोजगारदाता विचमा असल सम्बन्ध स्थापित गर्ने, रोजगारदातालाई जिम्मेवार बनाउँदै श्रमिकहरूलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउने, श्रम अनुगमन तथा निरीक्षण प्रणालीको विकास गर्ने जनाएको छ ।

टोखाले नगरपालिकाभित्र रहेका अनौपचारिक क्षेत्रका श्रमिकहरूलाई श्रम डेस्कमा सम्पर्क गरी सूचीकृत हुन आउनसमेत अनुरोध गरेको छ ।