काठमाडौँ । साताको अन्तिम सेयर कारोबार दिन बिहीबार प्रि-ओपन सेसनमा नेप्से परिसूचक ४ अंक बढीले वृद्धि भएर बन्द भएको छ। यो समयमा नेप्से परिसूचक ४.०७ अंकले बढेर २६२९.७७ विन्दुमा पुगेको छ।
यो समयमा ५५ वटा स्क्रिप्सको ९ हजार २३५ कित्ता सेयर ८० लाख ५१ हजार ६२७ रुपैयाँमा खरिदबिक्री भएको छ ।
कारोबारमा आएकामध्ये २१ वटा स्टक्सको मूल्य बढ्दा ३१ वटाको घटेको छ भने ३ वटा स्टक्सको मूल्य भने यो समयमा स्थिर भएको नेपाल एक्स चेन्ज लिमिटेडले जनाएको छ ।







