२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मुलुकको हितमा सरकार र निजी क्षेत्र काँधमा काँध मिलाएर अगाडि बढ्नुपर्नेमा उपराष्ट्रपति यादवको जोड

अ+ अ-

काठमाडौँ। उपराष्ट्रपति रामसहाय प्रसाद यादवले मुलुकको हितमा सरकार र निजी क्षेत्र काँधमा काँध मिलाएर अगाडि बढ्नुपर्ने बताएका छन् । गोरखापत्र संस्थानको आयोजनामा भएको ‘गोरखापत्र डिस्कोर्स’को उद्घाटन समारोहमा प्रमुख अतिथिका रूपमा सम्बोधन गर्नु हुँदै उपराष्ट्रपति यादवले यस्तो बताएका हुन् ।

‘‘मुलुकको हितमा सरकार र निजी क्षेत्र काँधमा काँध मिलाएर अगाडि बढ्नुपर्ने आवश्यकता छ’’, कार्यक्रम उद्घाटन समारोहमा शुभकामना दिनुहुँदै उपराष्ट्रपति यादवले भने ।

उनले मुलुकको आर्थिक विकासमा निजी क्षेत्र र सरकार सँगसँगै अगाडि बढाउनु पर्नेमा जोड दिएका हुन् । उनले बैंक तथा वित्तीय क्षेत्रमा थन्किएको पुँजीलाई आर्थिक विकासमा लगाउनु पर्नेमा समेत जोड दिए । उपराष्ट्रपति यादवले कृषि र पर्यटनमा लगानी बढाएमा आर्थिक विकासले गति लिने विश्वास व्यक्त गरेका छन् ।

उनले गोरखापत्रले आयोजना गरेको बहसले सरकार, नीति निर्माता र निजी क्षेत्रलाई एउटै मञ्चमा ल्याउन सहायक सिद्ध बनेको बताए ।

नेपालको गौरवमय इतिहास बोकेको गोरखापत्रको शताब्दी रजत र दी राइजिङ नेपाल ६१ वर्ष प्रवेश गरेको अवसरमा शुभकामना दिँदै यस्तो बताए ।

गोरखापत्र एकेडेमी सञ्चालनमा ल्याएको बहसले मुलुकको समग्र अर्थतन्त्रलाई सरकारको प्रयास र निजी क्षेत्रको अपेक्षामा समन्वय गर्ने विश्वास उपराष्ट्रपति यादवले व्यक्त गरेका छन् ।

जेन जेड आन्दोलनपछि अर्थतन्त्रमा महत्त्वपूर्ण निचोडका लागि सहकार्यको आवश्यकता देखिएको समयमा यो कार्यक्रम महत्त्वपूर्ण बन्ने विश्वास उनको छ ।

यो कार्यक्रम जेन जेड माग अनुसार भएको उनले बताए । ‘पारदर्शीता, सुशासन भ्रष्टाचार मुक्त समाज, सरल सार्वजनिक सेवा र देशभित्र रोजगारीको मागसहित उठेको जेन जेड आन्दोलनपछि गोरखापत्रले अगाडि बढाएको यो कदम महत्त्वपूर्ण छ’,उनले भने ।

उनले गोरखापत्र इतिहासको जीवन्त दस्ताबेज भएको उनले बताए । उनले गोरखापत्रको योगदान राष्ट्रिय एकतामा समेत विशेष भएको उल्लेख गरे ।

‘इतिहास र परिवर्तनको जीवन्त दस्ताबेज हो । राणाकालदेखि गणतन्त्रसम्म गोरखापत्रले आम नागरिकको आवाज निरन्तर उठाएको छ । यसले राष्ट्रिय एकतामा उल्लेखनीय योगदान गरेको छ ।’

उनले पत्रकारिताले नीति निर्माण तहसम्म जनताको आवाज पुर्‍याउनु पर्नेमा समेत जोड दिए। ‘निजी क्षेत्र आर्थिक क्षेत्रको इन्जिन हो । यसलाई पत्रकारिताले सहयोग गर्नुपर्छ’, उनले भने, ‘पत्रकारिताले नीति निर्माणमा जनताको आवाज पुर्‍याउने काम गर्नु पर्छ ।’