काठमाडौँ । सशस्त्र प्रहरी बल, नेपालले विभिन्न पदमा दुई सय नौ जनाका लागि नयाँ भर्ना खुला गरेको छ ।
सशस्त्रले आज एक सूचना जारी गर्दै खुल्ला प्रतियोगिताद्वारा रिक्त पदमा पदपूर्ति गर्नका लागि सशस्त्र प्रहरी निरीक्षक, सशस्त्र प्रहरी सहायक निरीक्षक, प्राविधिक सशस्त्र प्रहरी निरीक्षक (चिकित्सक) र प्राविधिक सशस्त्र प्रहरी नायव निरीक्षक (स्टाफ नर्स)पदमा नयाँ भर्ना खुला गरेको हो ।
योग्यता पुगेका नेपाली नागरिकले पुष ११ गतेदेखि माघ ११ गतेसम्म अनलाइनमार्फत दरखास्त दिन सक्ने छन् भने दोब्बर दस्तुर तिरेर माघ १२ गतेदेखि माघ २१ गतेसम्म दरखास्त दिन सक्नेछन् ।
हेर्नुहोस् विज्ञापन:










