काठमाडौँ। निर्वाचन आयोगले भ्रष्टाचारजन्य कसुरमा अनुसन्धानमा रहेको व्यक्तिलाई निर्वाचनमा उम्मेदवार हुन नपाउने प्रावधान राख्ने प्रस्ताव गरेको छ ।
२१ फागुनमा हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि आयोगले स्वघोषणाको ढाँचा तयार पारेको छ । जसमा स्वघोषणामा के कस्ता विषय रहने भनेर प्रस्ताव गरिएको छ ।
प्रस्तावित स्वघोषणामा भनिएको छ, ‘कुनै भ्रष्टाचार जन्य कसुरमा अनुसन्धानमा नरहेको तथा सो कसुरमा मुद्दा दायर नभएको वा सुरु अदालतबाट भ्रष्टाचार ठहर भई पुनरावेदनको रोहमा मुद्दा विचाराधीन नरहेको ।’ उम्मेदवारले गर्ने स्वघोषणामा यस्तो प्रावधान राख्न प्रस्ताव गरिएको हो ।







