२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कैलास ट्रेडिङद्वारा आयात गरिएको मुङ दालमा रंग मिसिएको भेटियो

अ+ अ-

काठमाडौँ । कैलास ट्रेडिङले आयात गरेको मुङ दालमा रंग मिसिएको पाइएको छ। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागअन्तर्गत खाद्य आयात-निर्यात गुणस्तर प्रमाणिकरण कार्यालयले गरेको परीक्षणका क्रममा मुङ दाल धोवाको नमुनामा बाह्य वस्तु (रंग) को उपस्थिति भेटिएको हो।

नेपालगञ्ज भन्सार कार्यालयले राजमा दाल, राजमा गेडा, चना गेडा र मुङ दाल परीक्षणका लागि खाद्य आयात–निर्यात गुणस्तर प्रमाणिकरण कार्यालयमा पठाएको थियो। परीक्षण प्रतिवेदनमा मुङ दालमा रंग प्रयोग गरिएको देखिएको खाद्य आयात निर्यात गुणस्तर प्रमाणिकरण कार्यालयका खाद्य अनुसन्धान अधिकृत एवं कार्यालय प्रमुख एकराज बुढाथोकीले जनाएका छन् । 

खाद्य आयात-निर्यात गुणस्तर प्रमाणिकरण कार्यालयले बाह्य रंगको उपस्थिति भेटिएको मुङ दाल आयात मापदण्डअनुसार उपयुक्त नदेखिएको स्पष्ट पारेको छ।

यद्यपि, सोही परीक्षणमा समावेश राजमा दाल, राजमा गेडा र चना गेडा भने भौतिक तथा रासायनिक गुणस्तरका आधारमा मापदण्डअनुसार नै पाइएको प्रतिवेदनमा उल्लेख छ।

भन्सार कार्यालयका अनुसार कैलास ट्रेडिङले पैठारी गरी ल्याएको २५ हजार ५० किलो राजमा दाल, दुई हजार २५० किलो राजमा गेडा, दुई हजार २५० किलो चना गेडा र ४५० किलो मुङ दालको नमुना परीक्षणका लागि खाद्य आयात–निर्यात गुणस्तर प्रमाणिकरण कार्यालयमा पठाइएको थियो।

पछिल्लो समय खाद्य वस्तुको गुणस्तर परीक्षण तथा अनुगमनमा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले कडाइ गर्दै आएको छ।