काठमाडौँ । सुर्खेतमा कुलोमा डुबेर एक बालिकाको मृत्यु भएको छ । गुर्भाकोट नगरपालिका–१४, अम्बापुरका आशिष घलेकी छोरी दुई वर्षीया एनसीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
शनिबार दिउँसो घरनजिकैको सिँचाइ कुलोमा उनी डुबेकी थिइन् । खेल्ने क्रममा डुबेर उनी अशक्त भएकी थिइन् । मेहलकुना अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।
घटनबारे थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।







