२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कर्मचारी मनोबल किन राज्य क्षमताको निर्णायक हो ?

अ+ अ-

राष्ट्र कसरी बलियो हुन्छ ?
यो प्रश्नलाई हामी प्रायः राजनीति, चुनाव, नाराबाजी, बजेटको आकार वा शीर्ष नेतृत्वका भाषणसँग जोडेर हेर्ने गर्छौं। तर यथार्थमा राष्ट्रको शक्ति संसदमा पारित बजेट वा सत्तामा बसेका व्यक्तिको अभिव्यक्तिले मात्र मापन हुँदैन। राष्ट्र तब मात्रै बलियो हुन्छ, जब त्यस राष्ट्रका निजामती कर्मचारीतन्त्र र सुरक्षा संयन्त्रको मनोबल उच्च हुन्छ र जब उनीहरूले आफू काम गरिरहेको प्रणालीलाई विश्वास गर्न सक्छन्।

नीति निर्माण प्रायः शीर्ष तहबाट हुन्छ। तर ती नीतिहरू कार्यान्वयन गर्ने, नागरिकलाई सेवा दिने, जनतासँग प्रत्यक्ष सम्पर्कमा रहने, सुरक्षा सुनिश्चित गर्ने र राज्यको उपस्थितिलाई जनजीवनमा अनुभूत गराउने काम कर्मचारीतन्त्र र सुरक्षा संयन्त्रले नै गर्छन्। त्यसैले राष्ट्रको उत्पादकता, शासन प्रणालीको प्रभावकारिता र सेवा वितरणको गुणस्तर अन्ततः कर्मचारीहरूको मनोबलमा निर्भर हुन्छ।

आज कर्मचारीहरू केवल कम तलब वा अत्यधिक कार्यभारको विषय उठाइरहेका छैनन्। उनीहरू नेतृत्वको व्यवहार, नीति निर्णयकर्ताबाट भएको अन्याय, वृत्ति विकासका अवरुद्ध अवसर, असमान व्यवहार र संस्थागत असुरक्षाका कारण असन्तुष्ट छन्। कर्मचारी वा सुरक्षाकर्मीलाई ‘भ्रष्ट’ भनेर गाली गरेर मात्रै राष्ट्र चल्दैन। मनोबल खस्कनु व्यक्तिगत असल–खराबको प्रश्न मात्र होइन, यो गहिरो रूपमा प्रणालीगत समस्या हो।

मनोबल खस्किनुका प्रमुख कारण
१. पारिश्रमिक र जीवनयापनको असन्तुलन
आज कर्मचारीले पाउने तलब-भत्ता वर्तमान जीवनयापन लागतसँग मेल खाँदैन। बजेट अनुशासन र संस्थागत सीमाको बहानामा कर्मचारीहरूको न्यूनतम जीवनस्तर नै उपेक्षा गर्न मिल्दैन।

ईमान्दारिता, कार्यकुशलता र व्यवसायिकता विलासी गुण होइनन्, यी गुणहरू त्यतिबेलासम्म मात्र टिक्छन्, जतिबेला कर्मचारी आफ्नो जीवन धान्न सक्षम हुन्छ।

विशेषगरी सुरक्षा संयन्त्र दोहोरो जोखिममा छ-दिनरातको ड्युटी, व्यक्तिगत जोखिम, संगठित अपराध, साइबर खतरा र बढ्दो भू-राजनीतिक जटिलता। जोखिम दिनप्रतिदिन बढ्दै गएको छ तर जोखिमको मूल्याङ्कन गर्ने कुनै वैज्ञानिक सूत्र छैन। यस्तो अवस्थामा मनोबल दीर्घकालसम्म कसरी टिक्छ ?

२. अवैज्ञानिक काम गर्ने वातावरण
ड्युटी समय, कार्यभार, उपकरणको उपलब्धता, विश्राम चक्र र थकान व्यवस्थापन वैज्ञानिक दृष्टिकोणबाट निर्देशित छैनन्। हाम्रो प्रशासन प्रायः ‘चली हाल्छ’ शैलीमा सञ्चालन हुन्छ।

जसरी खराब डिजाइन गरिएको संरचनाले दुर्घटना निम्त्याउँछ, त्यस्तै अव्यवस्थित ड्युटी चक्रले कर्मचारीको ऊर्जा क्षय गर्छ। सुरक्षा निकाय त अझै दोहोरो मारमा छन् -२४ घण्टे ड्युटी, जोखिम, पुराना उपकरण र अपर्याप्त विश्राम।

थकानले मनोबल घटाउँछ, मनोबलको कमीले कार्यकुशलता घटाउँछ र कार्यकुशलताको ह्रासले फेरि ड्युटीमा दबाब बढाउँछ -यो दुष्चक्र निरन्तर घुमिरहन्छ।

३. कार्यदक्षता मूल्याङ्कनमा अन्याय
योग्यताभन्दा सिफारिस निर्णायक हुने प्रणालीले मनोबलमा सबैभन्दा गहिरो चोट पुर्‍याउँछ। “मेहनतको प्रतिफल पाइन्छ” भन्ने भरोसा जब टुट्छ, तब कर्मचारी आफ्नो अस्तित्व जोगाउने न्यूनतम सोचमा सीमित हुन बाध्य हुन्छ। व्यक्तिगत ईमान्दारिता मात्र नैतिक इच्छाशक्तिले टिक्दैन -त्यसका लागि संस्थागत पुरस्कार र दण्डको निष्पक्ष प्रणाली आवश्यक हुन्छ।

४. नेतृत्वको व्यवहार
नेतृत्वको नैतिकता, सहानुभूति, प्रतिक्रिया दिने संस्कृति र निर्णय प्रक्रियाको पारदर्शिता मनोबलका आधारस्तम्भ हुन्। कर्मचारीको मनोबल केवल तलबले होइन, नेतृत्वले कस्तो व्यवहार गर्छ भन्ने कुराले पनि निर्धारण गर्छ। नेतृत्वले नसुन्ने, प्रतिक्रिया नलिने, निर्णयको कारण नबताउने, निष्पक्षता नदेखाउने र पर्दा पछाडि शक्ति खेल देखिने अवस्था आयो भने मनोबल टिक्दैन। सुशासनको मूल विज्ञान भनेकै नेतृत्वको व्यवहार हो।

५. जवाफदेहितामा दोहोरो मापदण्ड
तल्लो तहको गल्तीमा कठोर कारबाही र माथिल्लो तहको गल्तीमा संरक्षण -यो द्वैध मानसिकताले न्यायप्रति विश्वास तोड्छ। मनोबल खस्कनुको मूल कारण नै न्यायमा विश्वासको विघटन हो।

अब के गर्ने ?
मनोबल बढाउनु केवल तलब बढाउने बहस मात्र होइन -यो सम्पूर्ण प्रणालीको पुनर्रचना हो।
क. जीवनयापन योग्य तलबको मानकीकरण गर्नुपर्छ। विशेषगरी सुरक्षा निकायका लागि जोखिम-प्रतिफललाई वैज्ञानिक आधारमा युक्तिसंगत बनाइनुपर्छ।
ख. ड्युटीमा चक्रीय प्रणाली, अनिवार्य विश्राम समय, व्यावसायिक स्वास्थ्यमा आधारित तालिका र रोटेशन प्रणाली संस्थागत गर्नुपर्छ। बहादुरीलाई रोमान्टिक बनाएर मानव शरीरमाथि अमानवीय ड्युटी थोपर्न मिल्दैन।
ग. योग्यतामा आधारित पारदर्शी मूल्याङ्कन प्रणाली, वार्षिक कार्यसम्पादन मूल्याङ्कन र पूर्वानुमान योग्य करियर विकासले मनोबल बलियो बनाउँछ।
घ. पदोन्नतिभन्दा अगाडि नेतृत्व, संवाद, निष्पक्षता र सेवा प्रवाहसम्बन्धी प्रशिक्षण अनिवार्य हुनुपर्छ। मातहतको मनोबल जोगाउनु नेतृत्वको प्रमुख जिम्मेवारी हो भन्ने चेत विकास गर्नुपर्छ।
ङ. शून्य सहनशीलतासँगै पूर्ण जवाफदेहिताको अभ्यास हुनुपर्छ। पद बढ्दै जाँदा जवाफदेहिताको स्तर पनि समानुपातिक रूपमा बढ्नुपर्छ।
च. प्रविधिको व्यापक प्रयोग गरेर अनावश्यक कार्यबोझ घटाउनुपर्छ -डिजिटल कार्यप्रवाह, एआई र स्वचालनले कर्मचारीको ऊर्जा बचत गरेर मनोबल वृद्धिमा योगदान दिन सक्छ।
छ. मनोबलको नियमित मापन आवश्यक छ। वार्षिक मनोबल सर्वेक्षणबिना मनोबल सुधार रणनीति प्रभावकारी हुन सक्दैन।

उच्च मनोबलले केवल कार्यक्षमता मात्र बढाउँदैन -यसले राष्ट्रिय सुरक्षा, विकासको वितरण र जनताको विश्वास एकैसाथ मजबुत बनाउँछ।

जब जीवनयापन सहज हुन्छ, ड्युटी मानवीकृत हुन्छ, पदोन्नति पूर्वानुमान योग्य हुन्छ, नेतृत्व निष्पक्ष हुन्छ र जवाफदेहिता सन्तुलित हुन्छ -त्यसबेला मनोबल नीति दस्तावेजमा सीमित हुँदैन, त्यो संस्कृति बन्छ।

मनोबल कागजमा होइन, जनताबीच काम गरिरहेका कर्मचारीको अनुहारमा देखिनुपर्छ। मनोबल उठाउनु भनेको मनोविज्ञान सुधार मात्रै होइन -राष्ट्रले आफ्ना कर्मचारीले विश्वास गर्न सक्ने मर्यादाहरू निर्माण गर्नु हो।

नीति बनाएर मात्र होइन, न्याय गरेर देखाउन सकियो भने मात्र कर्मचारीतन्त्रको मनोबल उठ्छ र त्यहीँबाट राष्ट्र बलियो बन्छ।