काठमाडौँ । ५० जना अस्थायी, करार तथा ज्यालादारी कर्मचारीहरूको सेवा सम्झौता रद्द गरिएको छ ।
सिरहा नगरपालिकाले स्वीकृत दरबन्दी बाहिर नियुक्त भएका अस्थायी, करार तथा ज्यालादारी कर्मचारीहरूको सेवा सम्झौता रद्द गरेको हो। नगर कार्यपालिकाको निर्णयअनुसार ५० जना कर्मचारीको करार सम्झौता खारेज गरिएको पालिकाका सूचना प्रविधि अधिकृत अमरेन्द्र कुमार यादवले जानकारी दिए ।
मन्त्रिपरिषद्को असोज ५ गतेको निर्णय, अर्थ मन्त्रालय र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट प्राप्त निर्देशन बमोजिम स्वीकृत दरबन्दी बाहेक कर्मचारी राख्न नपाइने निर्णय कार्यान्वयन गरिएको नगरपालिकाले जनाएको छ।
यी हुन् करार सम्झौता रद्द गरिएका कर्मचारीहरू









