२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

त्रिविको दीक्षान्तमा भोलि ८९ हजार विद्यार्थी दीक्षित हुँदै

अ+ अ-

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको ५१औँ दीक्षान्त समारोह (बिहीबार) भोलि हुँदै छ । समारोह त्रिपुरेश्वरस्थित रंगशालामा हुनेछ ।

परीक्षा नियन्त्रण कार्यालय बल्खुका प्रवक्ता कविराज पौडेलका अनुसार यो वर्ष ८९ हजार १९९ विद्यार्थी दीक्षित हुँदै छन् । ‘तयारी पूरा भएको छ । अब भोलि समारोहको आयोजना हुने छ,’ उनले भने ।

त्रिविका अनुसार २०८१ साल असार १ गतेदेखि २०८२ साल जेठ ३१ गतेसम्मको एक शैक्षिक सत्रमा स्नातक, अधिस्नातक, स्नातकोत्तर, दर्शनाचार्य तथा विद्यावारिधि (पिएचडी) तह उत्तीर्ण गर्ने विद्यार्थीको संख्या ८९ हजार १९९ छ ।

जसमध्ये १६ हजार ३८० जना विद्यार्थीले दीक्षान्त समारोहमा सहभागी हुन औपचारिक रूपमा आवेदन दिएका छन् । आवेदकहरूमध्ये स्नातक तहमा ११ हजार २३४ जना, अधिस्नातक तहमा १४ जना, स्नातकोत्तर तहमा ४ हजार ८६० जना, दर्शनाचार्य तहमा १२० जना तथा विद्यावारिधि तहमा १५२ जना रहेका छन् ।

साथै, २३ हजार ९८० जना अभिभावक/संरक्षकले पनि सहभागिताका लागि आवेदन दिएका छन् । दीक्षान्तमा एक जना विद्यार्थीको दुई अभिभावक आउन सक्छन् । रंगशालामा विद्यार्थी र अभिभावक गरी करिब ५० हजारको हाराहारीमा उपस्थित त्रिविको अनुमान छ ।

दीक्षान्त समारोहको सन्दर्भ पारेर समारोहमा करिब २५ वटा दीक्षान्त पदक तथा पुरस्कारहरू वितरण गरिनेछ । दीक्षान्त समारोहको विशेष आकर्षणका रूपमा जापानका भौतिक शास्त्रतर्फका नोबेल पुरस्कार विजेता प्राध्यापक ताकाआकी काजिता प्रमुख अतिथिका रूपमा सहभागी हुने त्रिभुवन विश्वविद्यालयले जनाएको छ ।

त्रिविको दीक्षान्त समारोहमा पहिलो पटक नोबेल पुरस्कार विजेता सहभागी हुन लागेकाले यसले त्रिविको अन्तर्राष्ट्रिय शैक्षिक प्रतिष्ठा, विश्वस्तरीय पहुँच तथा शैक्षिक उत्कृष्टतालाई उजागर गर्न सहयोग पुग्ने त्रिविको विश्वास छ ।

समारोहको अध्यक्षता त्रिभुवन विश्वविद्यालयका कुलपति तथा प्रधानमन्त्री सुशीला कार्कीले गर्नेछिन् ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री एवं सह-कुलपति महावीर पुन पनि समारोहमा विशेष अतिथिका रूपमा सहभागी हुनेछन् ।

यस्तै कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा. दीपक आर्यालको विशेष आतिथ्यता रहनेछ ।