२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बिचौलियाको काम गर्ने १४ जना पक्राउ

अ+ अ-

काठमाडौँ । प्रहरीले यातायात कार्यालय काठमाडौँ, गुर्जुधारा, राधेराधे भक्तपुर तथा ट्रायल सेन्टर दक्षिण ढोकालगायत स्थानमा बिचौलियाको काम गर्ने १४ जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोक साँगाचोकगढी-८ का ६१ वर्षीय झमकलाल श्रेष्ठ, काभ्रेपलाञ्चोक बनेपा-५ काठुटोल बस्ने ३३ वर्षीय अनिमेष अवा, दोलखा तामाकोशी-४ का ३३ वर्षीय वासु खड्का, झापा कमल गाउँपालिका-२ का ४७ वर्षीय भिमबहादुर नेम्वाङ, काठमाडौँ-८ गुह्वेस्वरी गौरीघाटका ४३ वर्षीय प्रदीप श्रेष्ठ, कागेशवरी मनहोरा-५ बस्ने ३६ वर्षीया शर्मिला चौलागाई, सिन्धुपाल्चोक मेलम्ची-१० बस्ने ४१ वर्षीया दिपा कटुवाल, पर्वत जलजला-४ का ५० वर्षीय  दुर्गाप्रसाद न्यौपाने, चन्द्रागिरि-५ गुर्जुधाराका २९ वर्षीय रञ्जित महर्जन, नवलपरासी बर्दघाट-११ का ३० वर्षीय अर्जुन चौधरी, सिन्धुपाल्चोक चौतारा-६ का १९ वर्षीय दिवस लामा, सुनसरी ईटहरी-१० का ३१ वर्षीय सरोज ढङ्गाना, काभ्रेपलाञ्चोक रोशी-१ का ३७ वर्षीय सन्तोष स्याङ्तान तथा काभ्रेपलाञ्चोक पनौती-५ का ४० वर्षीय दिलीप खड्गी रहेका काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिए ।

उनले भने, “पक्राउ परेकाहरूले यातायात व्यवस्था कार्यालय राधेराधे, भक्तपुर, यातायात व्यवस्था कार्यालय गुर्जुधारा, काठमाडौँ तथा यातायात कार्यालय ट्रायल सेन्टर दक्षिण ढोका लगायतका स्थानहरूमा बिचौलियाको काम गरी सेवाग्राहीलाई दुःख हैरानी दिने तथा यातायात व्यवस्था कार्यालयका कर्मचारी समेतको दैनिक कामकारबाहीमा प्रभाव पार्ने कार्य गर्ने गरेको भन्ने विशेष सूचनाका आधारमा पक्राउ गरिएको हो ।”

पक्राउ परेकालाई आज थप अनुसन्धान तथा आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौँ र जिल्ला प्रहरी परिसर भक्तपुर पठाइएको प्रवक्ता आचार्यले बताए । 

यसैगरी, उनीहरूले लिखित तथा ट्रायल फेल भएकालाई यातायात कार्यालयका कर्मचारीसँग चिनजान छ पास गराई दिने भनी नेपाली रकम १० हजारसम्म लिने गरेको, लाइसेन्स प्रिन्ट तथा ब्लुबुकलगायत कागजात नवीकरण सहज तरिकाबाट गरिदिने भनी अतिरिक्त रकम लिने गरेको ।

मेडिकल फेल भएकाहरूलाई पास गराइदिने प्रलोभन देखाइ अतिरिक्त रकम लिने गरेको यातायात कार्यालयसँग सम्बन्धित काममा कर्मचारीको सेटिङमा छिटोछरितो गराइदिने भन्दै विचौलियाजन्य अन्य कार्य गर्ने गरेको अनुसन्धानबाट खुल्न आएको प्रहरीले जनाएको छ ।