२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

वीरगञ्ज हुँदै ४० अर्बको सामान विदेश निर्यात

अ+ अ-

पर्सा । वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा रु. ३९ अर्ब ९७ करोड मूल्यका वस्तु तथा सामान विदेशी मुलुक निर्यात भएको छ । गत आवको पाँच महिनाको तुलनामा चालु आवको सोही अवधिमा यो नाका हुँदै ८९ प्रतिशत अर्थात् रु. १८ अर्ब ७९ करोड बढीको निर्यात भएको हो ।

जबकि गत आवको पाँच महिनामा भने रु. २१ अर्ब १८ करोड मूल्यका वस्तु तथा सामान विदेशी मुलुकमा निर्यात भएको थियो । वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकृत उदयसिंह विष्टले चालु आवको पाँच महिनामा यो नाका हुँदै हुने निर्यातमा उल्लेखनीय वृद्धि भएको बताए ।

चालु आवको पाँच महिनामा रु. २० अर्ब ७६ करोड मूल्य पर्ने भटमासको तेल प्रशोधित निर्यात भएको छ । त्यस्तै रु. तीन अर्ब सात करोड मूल्य पर्ने फलफूलको जुस निर्यात भयो । रु. दुई अर्ब ८७ करोड मूल्य पर्ने सूर्यमुखीको प्रशोधित तेल, रु. एक अर्ब ९७ करोड मूल्य पर्ने प्रशोधित पाम तेल निर्यात भएको छ । त्यस्तै रु. एक अर्ब ५० करोड मूल्य पर्ने विभिन्न किसिमका कपडाहरू पनि निर्यात भएको कार्यालयले जनाएको छ ।