२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘चुनाव गराऔँ भन्नुहुन्छ, हामीले खोइ वातावरण भन्यौँ’ : ओली

अ+ अ-

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जेन जेडका नाममा सरकारले तर्साउने गरेको बताएका छन् ।

स्वयंसेवकलाई धन्यवाद दिन बिहीबार आयोजित एक कार्यक्रममा ओलीले त्रास खडा गर्ने मिडिया ट्रायल गर्ने गरेको बताएका छन् ।

उनले भने, ‘बच्चाबच्चीलाई त्रास देखाए जस्तै लौ जेनजी आयो जेनजीले यसो गर्छन् उसो गर्छन् भनेर त्रास देखाएका छन् । नवयुवाहरूको नाम फेरेर जेनजी राखिएको छ । टाठाबाठाले खाएका छन् ।’

चुनावको वातावरण बनाउन सरकारले राष्ट्रपतिको आह्वानमा प्रधानमन्त्रीसहित दलहरूले छलफल गरेको बताए । उनले राष्ट्रपतिको जोड चुनाव गराउनुपर्छ भन्नेमा रहेको बताए पनि चुनावको वातावरण नरहेकोमा ओलीले जोड दिएका छन् ।

‘चुनाव विरोधी हामी होइनौँ प्रतिगमन विरोधी हौँ । सकेसम्म छिटो संसदको उपस्थिति चाहिन्छ तसर्थ हामीले संसद पुनर्स्थापनाको माग गरेका हौँ’, ओलीले भने । उनले अदालतमा मुद्दा रहेकाले फैसला पर्खिएको बताए ।

‘राष्ट्रपति प्रधानमन्त्रीले चुनाव गराऔँ भन्नु हुन्छ भने ठिक छ हामीले वातावरण बनाउनु भनेका छौँ तर खोइ वातावरण ?’, ओलीले प्रश्न गरेका छन् ।

उनले थपे, ‘चुनावको वातावरण छैन । नेताहरूलाई बाहिर निस्कन दिँदैनौँ । हामीले भनेका छौँ र ? त्रासको वातावरण छ । जेनजीको नाममा डर देखाएको छ ।’