काठमाडौँ । जेन जेड अगुवा रक्षा बमको नेतृत्वमा काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) ले जेन जेड आन्दोलनका अगुवाहरूसँग छलफल गरेका छन् । ललितपुरको ज्वागलस्थित मेयर साहका सहयोगी कुमार बेनको घरमा केहीबेर अघिमात्रै बालेनले कुराकानी गरेका हुन् ।
मेयर शाहले निरन्तर राजनीतिक संवाद चलाएका छन् । आजै मात्र उनले रास्वपा सभापति रवि लामिछानेदेखि अन्य दलका नेता एवं निवर्तमान सांसदसँग छलफल गरेका छन् । बालेनलाई भेट्न पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई पनि पुगेका छन् ।







