काठमाडौँ । चिसो घट्नुको सट्टा झन् बढ्दै गएपछि वीरगन्ज महानगरपालिकाले विद्यालयहरूमा थप २ दिनका लागि जाडो बिदा दिएको छ। बढ्दो चिसो मौसमलाई मध्यनजर गर्दै विद्यालयहरूमा थप दुई दिन बिदा दिएको महानगरपालिकाले जनाएको छ ।
बढ्दो चिसोका कारण बालबालिकाहरूको स्वास्थ्यमा पर्न सक्ने प्रतिकुल असरलाई मध्यनजर गर्दै महानगरमा रहेका सामुदायिक तथा संस्थागत विद्यालयहरूमा वर्षे बिदाबाट कट्टा हुने गरी पुस १३ र १४ गते थप दुई दिन बिदा दिइएको महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखा प्रमुख आनन्द लामिछानेले जनाकारी दिए ।
तराई–मधेसमा पुस महिना सुरु भए लगत्तै चिसो बढ्दै गएका कारण जनजीवन प्रभावित भएको छ। हुस्सु लाग्नुका साथै चिसो हावा पनि चल्न थालेपछि वृद्ध वृद्धा, बालबालिका र दैनिक ज्याला मजदुरीमा काम गर्नेहरूलाई बढी सास्ती भएको छ।







