२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बागमती प्रदेशमा राष्ट्रिय सभा निर्वाचनको तयारी तीव्र, यस्तो छ मतभार 

अ+ अ-

काठमाडौँ । निर्वाचन आयोगले आगामी माघ ११ गते हुने भनिएको राष्ट्रिय सभा सदस्यको निर्वाचनका लागि बागमती प्रदेशमा तयारी अघि बढाएको छ । 

आयोगले बागमती प्रदेश निर्वाचन आयोगको कार्यालयका लागि मकवानपुर जिल्ला अदालतका न्यायाधीश गीता श्रेष्ठलाई निर्वाचन अधिकृत नियुक्त गरिसकेको छ । 

बागमती प्रदेश निर्वाचन कार्यालय हेटौँडाका प्रमुख हरिप्रसाद ढकालका अनुसार निर्वाचन कार्यालयभित्रै यही पुस १६ गते निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्ने तयारी भएको छ । 

बागमती प्रदेशमा राष्ट्रियसभा सदस्यतर्फ एक महिला र एक खुला गरी दुई सिटका लागि निर्वाचन हुनेछ । सो निर्वाचनका लागि हेटौँडा उपमहानगरपालिका–४ स्थित भुटनदेवी माध्यमिक विद्यालयलाई मतदान स्थल र प्रदेशसभा सदस्य तथा पालिका प्रमुख/उपप्रमुख र अध्यक्ष/उपाध्यक्षका लागि छुट्टाछुट्टै दुई वटा मतदान केन्द्र निर्धारण गरिएको छ । 

निर्वाचन अधिकृतको कार्यालय स्थापन भएपछि पुस १७ गतेदेखि निर्वाचन कार्यतालिका अनुसार अन्य काम अघि बढ्ने उनको भनाइ छ । पुस १७ गते अन्तिम मतदाता नामावली प्रकाशन, पुस १८ गते मतदातामा दाबी विरोध र पुस २३ गते उम्मेदवारी मनोनयन दर्ता गरिने छ । निर्वाचनलाई निष्पक्ष र मर्यादित बनाउन सुरक्षा निकायसँग नियमित समन्वय भइरहेको प्रमुख ढकालले बताए । 

राष्ट्रियसभाको निर्वाचनको मिति नजिकिँदै जाँदा राजनीतिक दलहरूले सक्रिय बढाएको छ । विभिन्न राजनीतिक दलहरूले उम्मेदवार चयनदेखि चुनावी अंकगणितमा जुटेका छन् ।

‘‘जिल्ला जिल्लाबाट सम्भावित उम्मेदवारको सूची आउने क्रम जारी छ”, नेपाली काँग्रेस बागमती प्रदेश समितिका सभापतिसमेत रहेका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भने, “जिल्लाबाट आएका सिफारिस अध्ययन गर्ने र पार्टीभित्र आन्तरिक छलफल भइरहेको छ ।” उम्मेदवार सम्बन्धमा केन्द्रीय समितिसँगसमेत छलफल पश्चात् उम्मेदवारको अन्तिम टुंगो लगाइने उनको भनाइ छ । 

एक सय १० सदस्यीय प्रदेश सभा र एक सय १९ स्थानीय तह रहेको बागमती प्रदेशको मत भार अनुसार नेपाली काँग्रेस बलियो देखिन्छ । राष्ट्रिय सभाका लागि बागमती प्रदेशमा प्रदेश सभाका एक सय १० र पालिकातर्फ दुई सय ३८ गरी तीन सय ४८ मतदाता छन् भने १० हजार तीन ५२ मत भार रहेको छ । 

बागमती प्रदेशमा नेपाली काँग्रेसको प्रदेश सभामा ३७ र स्थानीय तहतर्फ एक सय आठ जना छन् । त्यो अनुसार काँग्रेसको चार हजार १३ मत भार छन् । यस्तै नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) र नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) मिलेर बनेको नेपाली कम्युनिष्ट पार्टीसँग दुई हजार सात सय ३८ मत भार छन् । 

बागमती प्रदेशमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) दुई हजार पाँच सय ७१ मत मतभारसहित तेस्रो स्थितिमा छन् । प्रदेश सभामा १३ सिट रहेको राष्ट्रिय प्रजातन्त्र पार्टीको सात सय ८ मत भार छ भने नेपाल मजदुर किसन पार्टीको एक सय ९७ मत भार, हाम्रो नेपाली पार्टीको एक सय छ मत भार र स्वतन्त्रको १९ मत भार छन् ।