२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

देशकै सर्वोत्कृष्ट बन्यो गोरखाको हुलाक कार्यालय 

अ+ अ-

काठमाडौँ । प्रविधिमैत्री, पारदर्शी, विश्वसनीय तथा द्रुत सेवा सञ्चालनमा अग्रणी स्थान हाँसिल गर्दै गोरखा जिल्ला हुलाक कार्यालय देशकै उत्कृष्ट बन्न सफल भएको छ । हुलाक विभागद्वारा लागु गरिएका विभिन्न मापदण्ड सबैभन्दा पहिले पूरा गरी जिल्ला हुलाक कार्यालय गोरखा सर्वोत्कृष्ट बन्न सफल भएको हो ।

यहाँको हुलाक कार्यालयले जिल्लाका सबै कर्मचारीलाई कम्प्युटर, इन्टरनेट तथा सवारी चालक प्रशिक्षण दिएर आधुनिक ‘प्रविधिमा पोख्त’ बनाउन सफल भएको छ । जिल्ला हुलाक र पालिका हुलाक कार्यालयमा गरी जिल्लामा ६५ जना हुलाक कर्मचारी छन् । कार्यालय प्रमुख विनोद गैरे भन्छन्, “६५ जनामध्ये ५० वर्षभन्दा कम उमेरका सबैलाई कम्प्युटर, इन्टरनेट तालिम र मोटरसाइकल तथा स्कुटर ड्राइभिङ तालिम दिएर प्रविधिमैत्री बनाइसक्यौँ । ५० बर्षभन्दा बढी उमेरका इच्छुकलाई तालिम दिएर दक्ष बनाएका छौँ ।” 

‘हाम्रा सबै कर्मचारीहरूले आफूले गरेको काम अनलाइनमा अपलोड गर्न सक्नुहुन्छ ।’ विगत दुई वर्षदेखि सुरु गरेको कम्प्युटर, इन्टरनेट तथा सवारी चालक प्रशिक्षण तालिम सबै कर्मचारीले प्राप्त गरिसकेका प्रमुख गैरेले बताए । कम्प्युटर, इन्टरनेट, अनलाइन तालिम प्राप्त गरी गोरखा जिल्ला हुलाकले पोस्टल इन्टर्नल प्याकिङ सिस्टम (पिआईपिएस) प्रणाली लागू गर्न सफल भएको छ । यो प्रणाली लागू गर्ने आफूहरू देशकै पहिलो जिल्ला रहेको गैरेले जानकारी दिए । 

कार्यालयले जिल्लाको ११ वटै पालिकामा पिआइपिएस प्रणाली कार्यान्वयन गरेको छ । 

“अब गोरखा जिल्ला हुलाक तथा ११ वटै पालिका हुलाक कार्यालयमा दर्ता गरिएको चिठी तथा पार्सल कहाँ पुग्यो भनेर मोबाइलबाटै ट्रयाकिङ गरेर हेर्न सकिन्छ”, उनले भने, “यो अभ्यासले देशकै हुलाक सेवाको गरिमा बढाएको छ ।” यसले हुलाकप्रतिको विश्वासनीयता, पारदर्शिता बढाएको उनको भनाइ छ ।

त्यस्तै जिल्लाभरि सवारी साधनबाट डाँक सेवा सञ्चालन गरेर ‘द्रूत हुलाक सेवा’ सञ्चालन गर्न सफल भएको कार्यालय प्रमुख गैरेको भनाइ छ । उनका अनुसार अहिले जिल्लाको पालुङ्टार, जौबारी, भच्चेक, आरुघाट र घैरुङसम्म नियमित बसबाट डाँक बोक्ने सेवा सञ्चालन गरिएको छ । यसरी द्रूत सेवा सञ्चालन गरेर गोरखा जिल्ला हुलाक कार्यालयले देशभरकै उत्कृष्ट सेवा दिन सफल भएकोमा कार्यालय प्रमुख गैरेले खुसी व्यक्त गरे ।