काठमाडौँ। विभिन्न राजनीतिक दलहरू समानुपातिकतर्फको बन्द सूची बुझाउन फाइल बोकेर निर्वाचन आयोग पुगेका छन् । अहिलेसम्म चार वटा राजनीतिक दलहरूले समानुपातिकतर्फको उम्मेदवारको सूची बुझाइ सकेका छन् ।
२१ फागुनमा हुने प्रतिनिधि सभा निर्वाचनका लागि आज आयोगमा बन्द सूची बुझाउने अन्तिम दिन हो । जसका कारण राजनीतिक दलहरू समानुपातिकतर्फको उम्मेदवारको सूचीको फाइल बोकेर आयोग परिसर पुगिसकेका छन् ।
उनीहरू आयोग परिसरमा बसेर बन्द सूची बुझाउनका लागि तयारी गरिरहेका छन् । आयोग परिसरको खुला चौरमा बसेर दलहरूले उम्मेदवारको बन्द सूचीको फाइल मिलाउने काम गरिरहेका छन् ।







