२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रधानमन्त्रीद्वारा खालिदा जियाको निधनप्रति दुःख व्यक्त

अ+ अ-

काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले बांङ्लादेशकी पूर्व प्रधानमन्त्री बेगम खालिदा जियाको निधनप्रति दुःख व्यक्त गरेकी छन् ।

मंगलबार दिउँसो सामाजिक सञ्जाल फेसबुकमार्फत् प्रधानमन्त्री कार्कीले बङ्गलादेश नेसनालिस्ट पार्टी (बिएनपी) का अध्यक्षसमेत रहेकी जियाको निधनप्रति दुःख व्यक्त गरेकी हुन् ।

निधनप्रति दुःख व्यक्त गर्दै उनले नेपाल सरकारको तर्फबाट परिवारजनप्रति समवेदना व्यक्त गरेकी छन् ।

‘बंगलादेशकी पहिलो महिला प्रधानमन्त्री तथा बीएनपी अध्यक्ष बेगम खालिदा जियाको निधनको खबर सुनेर म अत्यन्तै दुःखी छु’, प्रधानमन्त्री कार्कीले फेसबुकमा लेखेकी छन्, ‘नेपाल सरकार र जनताको तर्फबाट, म उहाँका परिवार, साथीभाइ र बंगलादेशका जनताप्रति हार्दिक समवेदना व्यक्त गर्दछु।’

जियाको ८० वर्षको उमेरमा मंगलबार बिहान निधन भएको हो । वर्षौँदेखि कमजोर स्वास्थ्य, लामो कारावास र राजनीतिक उतारचढावबीच पनि सक्रिय राजनीतिमा रहनुभएकी जियाको निधनले बांङ्लादेशी राजनीतिमा गहिरो शून्यता सिर्जना गरेको छ ।

बिएनपीका अनुसार नोभेम्बरको अन्त्यतिर उहाँको स्वास्थ्य अचानक बिग्रिएपछि ढाकाको एक अस्पतालमा भर्ना गरिएको थियो ।

उनको निधनको खबर फैलिएसँगै, चिसो वर्षाको बीच पनि मंगलबार बिहान ढाकास्थित अस्पताल बाहिर हजारौँ शोकाकुल समर्थकहरू भेला भएका थिए ।