२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ओलीले भने : ‘देश अप्ठेरोमा भएका बेला अदालतले समयमै फैसला दिनु पर्छ’

अ+ अ-

काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देश अप्ठेरोमा भएका बेला अदालतले समयमै फैसला दिनु पर्ने बताएका छन् ।

एमालेले मंगलबार आयोजना गरेको विचार गोष्ठीमा प्रतिनिधिसभा पुनर्स्थापनाको पक्षमा धारणा राख्दै उनले संवैधानिक अप्ठेरोलाई सहजतामा लैजान सर्वोच्च अदालतले गतिका साथ फैसला दिनुपर्ने बताए ।

‘हामी सम्मानित अदालतसमक्ष पनि आग्रह गर्न चाहन्छौँ । कतिपय कुरा यस्ता हुन्छन् देश अप्ठेरोमा भएका बेला अदालतले सुविस्तासँग काम गर्ने बाटो लिन मिल्दैन,’ ओलीले भने, ‘देश अप्ठेरोमा छ भने अप्ठेरोलाई सहजतामा लैजानका लागि अदालतले तदारुकताका साथ निर्णय दिनुपर्दछ । फैसला दिनुपर्दछ ।’

अध्यक्ष ओलीले अनधिकृत सिफारिसमा असंवैधानिक ढंगले संसद् विघटन भएका कारण पुनर्स्थापना हुनुपर्नेमा जोड दिए । प्रतिनिधिसभा अस्तित्वमा नआउँदासम्म एमालेको संसद् पुनर्स्थापनाको माग कायम रहने उनको भनाइ थियो ।

‘प्रतिनिधिसभा अनधिकृत सिफारिसमा असंवैधानिक ढंगले विघटन भएको छ । त्यसकारण त्यसको पुनर्स्थापना हुनुपर्छ,’ ओलीले भने, ‘हाम्रो यो स्पष्ट र दृढ माग हो । जबसम्म प्रतिनिधिसभाको अस्तित्व मौजुद हुँदैन, तबसम्म हाम्रो यो माग कायम रहन्छ ।’

२३ र २४ भदौको जेन जेड आन्दोलनको कारण ओली नेतृत्वको सरकार ढलेपछि राष्ट्रपति रामचन्द्र पौडेलले आन्दोलनकारी समूहहरूको सिफारिसमा २७ भदौमा सर्वोच्च अदालतकी पूर्वप्रधान न्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्रीमा नियुक्त गरेका थिए ।

कार्की मन्त्रिपरिषद्ले तत्कालीन प्रतिनिधिसभा भंग गरी निर्वाचन घोषणा गर्न सिफारिस गरेपछि राष्ट्रपतिले सोही दिन प्रतिनिधि सभा भंग गरेका थिए । त्यसविरुद्ध सर्वोच्च अदालतमा रिट परेका छन् ।

तत्कालीन सत्ता गठबन्धनका दुई मुख्य दल नेकपा एमाले र नेपाली काँग्रेसका सांसदले समेत रिट दर्ता गराएका छन् ।