२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मीन विश्वकर्माको टिप्पणी : ‘देश जलाउने लुसिफरहरूबाट काँग्रेसलाई खतरा छैन’

अ+ अ-

काठमाडौँ। नेपाली काँग्रेसका नेता मीनबहादुर विश्वकर्माले देश जलाउने लुसिफरहरूबाट कुनै खतरा नरहेको टिप्पणी गरेका छन् ।

मदन–आश्रित प्रतिष्ठानले मंगलबार काठमाडौंमा आयोजना गरेको गोष्ठीलाई सम्बोधन गर्दै नेता विश्वकर्माले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहप्रति लक्षित गर्दै यस्तो टिप्पणी गरेका हुन् ।

दुष्टका धृष्टताबाट नभई सज्जनको निषेधबाट समाजमा खतरामा हुने भनेका उनले देश जलाउने लुसिफर र ठगी गरेर पपुलिजमको खेती गर्नेहरूसँग खासै डर नरहेको जिकिर गरेका हुन् ।

सिंहदरवार, संसद् भवन, सर्वोच्च अदालत तथा नेपालको लोकतान्त्रीकरणका लागि संघर्ष गरेका अनेकौँ धरोहरहरू जलाउनेहरूले देश बनाउन नसक्ने उनको भनाइ छ ।

उनले पटक पटकका क्रान्ति, संघर्ष र आन्दोलनबाट प्राप्त उपलब्धि समूल नष्ट गर्न कुनै कुनाबाट अभियान चालिएको हुन सक्ने भन्दै नेपाली काँग्रेस र नेकपा एमालेका नेता-कार्यकर्ता समेत त्यस्तो अभियानको हिस्सा बनिरहेका त छैनन् ? भन्दै आशंका व्यक्त गरेका छन् ।

नेता विश्वकर्माले २३ र २४ भदौको घटना नेपाल र नेपालीको पक्षमा नभएको जिकिर गरेका छन् ।