२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘जेलब्रेक गर्नेहरूलाई अगुवा बनाएर अगाडि बढ्न खोजियो’ : ओली

अ+ अ-

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सन् २०२५ नेपाल र नेपालीका लागि दुःखद वर्ष भएको भन्दै २०२६ लोकतन्त्र र संविधानको पुनरोत्थानको वर्ष बन्नुपर्ने बताएका छन् ।

प्रवासी नेपाली मञ्च, अन्तर्राष्ट्रिय समितिलाई भर्चुअल सम्बोधनको क्रममा नेपालमा लोकतन्त्र विस्थापनको ठुलो सिलसिला गम्भीर ढंगले सुरु गरिएको भए पनि जनताको सचेतनताले प्रतिगमनकारीले त्यो प्रयासलाई चाहेको ठाउँमा पुर्‍याउन नसकेको दाबी गरेका हुन् ।

‘जननिर्वाचित सरकार ढल्नु भनेको देशमा लोकतन्त्र र संविधान ढल्नु हो, जनताको सार्वभौमसत्ता थिचिनु, मिचिनु र ढालिनु हो’, ओलीको भनाइ छ ।

अहिले पनि असंवैधानिक काम भइरहेको भन्दै ओलीले भने, ‘विभिन्न प्रकारका तत्व जम्मा गरेर शक्ति निर्माण गर्न खोजिँदै छ । सर्वोच्चले थुनामा राखेर कारबाही गर्नु भनेका मान्छे जिल्ला र उच्च अदालतबाट छोड्ने काम भएको छ, छोड्ने बित्तिकै तमासा देखिँदै छ ।

अहिलेसम्म निर्वाचनको वातावरण नबनेको र सरकारले वातावरण बनाउने दिशामा काम नगरेको दोहोर्‍याउँदै ओलीले निर्वाचनका नाममा लोकतान्त्रिक प्रक्रिया दुरुपयोग गरेर लोकतन्त्र मास्ने प्रयास हुनसक्ने खतरा औँल्याए ।

उनले भने, ‘नेताहरूविरूद्ध झूठा मुद्दा लगाउने, अशान्त वातावरण सिर्जना गर्ने, लुटिएका हतियार फिर्ता नहुने, जेलब्रेक गर्नेहरूलाई अगुवा बनाएर अगाडि बढ्न खोजियो, निर्वाचनमा बुथ कब्जा गर्न खोजियो र निर्भयपूर्वक मतदान भएन भने निर्वाचन लोकतन्त्र कमजोर बनाउने ‘ड्रामा’ मात्र हुने छ ।’

शान्तिपूर्ण वातावरणमा स्वच्छ निर्वाचन जहिले हुन्छ, एमाले सहभागी हुने र विजय हासिल गर्ने उनको भनाइ छ ।

देशलाई निकास दिने सबभन्दा सही बाटो ‘विघटन भएको प्रतिनिधिसभा पुनर्स्थापना’ भन्दै उनले विगतमा संसद् विघटनका मुद्दामा सर्वोच्चले दुई महिनामा फैसला दिने गरेको सम्झिए ।

११औँ महाधिवेशन असाधारण जनपरिचालनका साथ सकिएको भन्दै उनले पार्टी कतै गुटगत भावना होइन, पार्टी भावना, एकताको भावना, राष्ट्रका लागि समर्पित भावनाका साथ पार्टी एकताबद्ध भएर अगाडि बढ्ने बताएका छन् ।