२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘प्रतिनिधि सभा निर्वाचनका लागि प्रस्ताव आए मिलेर अगाडि बढ्न सकिन्छ’ : माधव नेपाल

अ+ अ-

काठमाडौँ। नेपाली कम्युनिष्ट पार्टीका सह-संयोजक तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि मिलेर अगाडि बढ्न सकिने बताएका छन् ।

आइतबार नेपाली कम्युनिष्ट पार्टी धनकुटाले आयोजना गरेको पत्रकारहरूसँगको भेटघाट कार्यक्रममा बोल्दै सहसंयोजक नेपालले यस्तो बताएका हुन् ।

उनले गत भदौ २३ र २४ गतेको जेन जेड आन्दोलनपश्चात् पछिल्लो राजनैतिक घटनाक्रमले आगामी चुनावमा चुनौती रहेकाले प्रस्ताव आए ठुला दलसँग मिलेर अगाडि बढ्न तयार रहेको बताएका छन् । त्यसका लागि निर्णायक दुई ठुला दलको भूमिका रहेको बताउँदै उनले त्यसका लागि आफू तयार रहेको धारण व्यक्त गरे। तर एउटा जता ढल्यो त्यतै जानेभन्दा पनि सबैलाई सहज ढंगले एकबद्धता भएर अगाडि लिएर बढ्दा उचित हुने उनको भनाइ छ ।

अरूका भरमा सत्यतथ्य नबुझी हाहा र हुहुको भरमा अगाडि जान खोज्नुभन्दा बुझेर राजनीतिमा पाइला चाल्नु उचित रहेको बताउँदै आफ्नो पार्टी एकतामा लागेको उनको भनाइ छ ।

यस्तै, गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको माग जायज थिए, तर घुसपैठका कारण देशको स्थिति भयानक भएको उनले बताए ।

उनले संसद् पुन:स्थापना अदालतबाट आदेश फैसला र विशेष परिस्थितिमा हुने बताउँदै चुनावको विकल्प नरहेको बताए । गणतन्त्र, संघीयताको रक्षा गर्न चुनाव तोकिएकै मितिमा हुनुपर्ने दाबी गरेका छन् ।

पूर्वमन्त्री तथा पार्टीका सह-संयोजक नेपाल पार्टी एकता सभालाई सम्बोधन गर्न सङ्खुवासभा हुँदै शनिबार धनकुटा पुगेका थिए । उनी आइतबार इटहरीमा हुने एकता सभाको सम्बोधन सकेर काठमाडौँ फर्किने कार्यक्रम रहेको पार्टीले जनाएको छ ।