काठमाडौँ । आठ प्रमुख प्रशासकीय अधिकृतसहित ३० शाखा अधिकृतको सरुवा गरिएको छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आइतबार स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतसहित विभिन्न निकायमा कार्यरत अधिकृतहरूको सरुवा गरेको हो ।
स्थानीय तहहरू अस्थिर भए भनिरहँदा मन्त्रालयले भने प्रत्येकजसो सरुवामा कुनै न कुनै स्थानीय तहका कर्मचारीहरुको सरुवा गर्दै आएको छ ।










