२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

खोटाङमा श्रमदानमार्फत धनेश्वर गुफा सरसफाइ

अ+ अ-

खोटाङ । साकेला गाउँपालिका-२ रतन्छास्थित धनेश्वर गुफा जनश्रमदानमार्फत सरसफाइ गरिएको छ ।

गाउँपालिकाको ‘श्रम साकेला अभियान’ अन्तर्गत वडा कार्यालय रतन्छाको अगुवाइमा गाउँपालिका प्रमुख रविप्रकाश राई, उपप्रमुख बिर्सिका राई, जनप्रतिनिधि, कर्मचारी तथा स्थानीयको सहभागितामा सरसफाइ गरिएको हो ।

लामो समयदेखि संरक्षण र प्रचारप्रसारको अभावमा ओझेलमा परेको यस गुफाको धार्मिक तथा पर्यटकीय विकासका लागि वर्तमान जनप्रतिनिधि र साकेला गाउँपालिकाले चासो देखाएका छन् ।

आगामी दिनमा गुफासम्म पुग्ने व्यवस्थित पैदल मार्ग निर्माण, गुफा वरिपरि आकर्षक संरचना निर्माण, गुफाभित्र उज्यालोका लागि बत्ती जडान तथा भित्री भागसम्म पुग्न सिँढी निर्माण गर्ने कार्य अघि बढाइने गाउँपालिकाले जनाएको छ ।

रतन्छाका स्थानीयवासीको अनुसार धनेश्वर गुफाको सुरुङ दायाँ–बायाँ करिब सयौँ मिटरभन्दा बढी फैलिएको अनुमान गरिएको छ । गुफाभित्रका ठूलाठूला नागका आकृति एवं विभिन्न देवी–देवताका आकृतिले आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्ने गरेको छ  ।

परापूर्वकालमा भगवान् शिवजी राक्षसबाट बच्न धनेश्वर गुफामा लुकेर बसेको र पछि त्रिधार्मिकस्थल हलेसी गएर बसोबास गरेको भन्ने किम्बदन्ती छ । रामनवमी, बाला चतुर्दशी, तीज तथा एकादशी जस्ता महत्त्वपूर्ण पर्वहरूमा यहाँ मेला लाग्ने गर्दछ ।

गाउँपालिका प्रमुख रविप्रकाशले धार्मिक तथा पर्यटकीयस्थलहरुको विकासका लागि गाउँपालिका दीर्घकालीन योजनाका साथ लागि परेको जानकारी दिँदै धनेश्वर गुफालाई व्यवस्थित धार्मिक–पर्यटकीय गन्तव्यका रूपमा विकास गरिने प्रतिबद्धता व्यक्त गरे । “हामी निर्वाचित भएर आएपछि जनजीविकाको कामसँगै गाउँपालिकाभित्रका सबै धार्मिक तथा पर्यटकीयस्थलहरुको स्तरोन्नति गरिरहेका छौँ । हाम्रो पालिका आफैँमा पर्यटकीयस्थल हो”, उनले भने, “यहाँ रहेका पर्यटकीय गन्तव्यहरूको स्तरोन्नति गर्दै पर्यटन प्रवर्द्धनको काम गरिरहेका छौँ ।”

गुफाको सौन्दर्यीकरणका लागि चालु आर्थिक वर्षमा कोशी प्रदेश सरकारले रु. १० लाख बजेट विनियोजन गरेको गाउँपालिकाले जनाएको छ ।