२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पार्टीमा प्रतिनिधित्व सुनिश्चित गराउन माग गर्दै पेशागत संघ-संस्थाद्वारा देउवाको ध्यानाकर्षण

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसको महाधिवेशन तथा पार्टी संरचनामा पेशागत संघ-संस्थाको प्रतिनिधित्व सुनिश्चित गराइदिन माग राख्दै ध्यानाकर्षण पत्र बुझाइएको छ ।

नेपाल प्रेस युनियनका अध्यक्ष शिव लम्साल, डेमोक्रेटिक लयर्स एसोसिएसन, डीएलएका अध्यक्ष सीताराम केसी, सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स नेपाल, सिडेनका अध्यक्ष रवि भूषण झा, प्रजातन्त्रवादी प्राध्यापक संघका अध्यक्ष जगत तिमिल्सिना, प्रजातन्त्रवादी चिकित्सक संघका कार्यवाहक अध्यक्ष डा. विक्रान्त ढकाल, नेपाल शिक्षक संघका अध्यक्ष सोमनाथ गिरीले हस्ताक्षर गरिएको पत्र सभापति शेरबहादुर देउवालाई बुझाइएको हो । ध्यानाकर्षण पत्रमा ४ बुँदे माग पनि पेस गरिएको छ ।

१. संविधानको मर्मअनुसार बौद्धिक वर्गको प्रतिनिधित्व सुनिश्चित गरियोस्।
संविधानले राष्ट्रिय सभालाई बौद्धिक तथा अनुभवी वर्गको प्रतिनिधित्व गर्ने थलोका रूपमा परिकल्पना गरे तापनि व्यवहारमा सो मर्म पूर्ण रूपमा कार्यान्वयन हुन सकेको छैन। नेपाली काँग्रेसले लोकतन्त्रप्रति आस्थावान पेशागत संघ-संस्थाबाट राष्ट्रिय सभासहित राज्यका विभिन्न निकायमा प्रतिनिधित्व हुने स्पष्ट र विश्वसनीय सुनिश्चितता प्रदान गरोस्।
२. पार्टी संरचनामा पेशागत संघ-संस्थाको संस्थागत प्रतिनिधित्व सुनिश्चित गरियोस्।
नेपाली काँग्रेसको महाधिवेशन, नीति निर्माण प्रक्रिया तथा संगठनात्मक संरचनामा पेशागत संघ-संस्थाको पूर्ण, सम्मानजनक र अर्थपूर्ण प्रतिनिधित्व सुनिश्चित गरियोस्। यसका लागि पेशागत संघ-संस्थाका प्रतिनिधिहरूलाई मतदातामा मात्र सीमित नगरी उम्मेदवार बन्ने अधिकारसमेत खुला गरियोस्। साथै, कम्तीमा नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको कुल सदस्य सङ्ख्याको १० प्रतिशत प्रतिनिधित्व पेशागत संघ-संस्थाबाट अनिवार्य रूपमा सुनिश्चित गरियोस्।
३. प्रतिनिधि सभा निर्वाचनमा पेशागत पृष्ठभूमिका उम्मेदवारहरूलाई प्राथमिकता दिइयोस्।
प्रतिनिधि सभाको निर्वाचनमा पेशागत संघ-संस्थासँग आबद्ध, सक्षम, योग्य र अनुभवी व्यक्तिहरूलाई देशका विभिन्न निर्वाचन क्षेत्रबाट उम्मेदवारका रूपमा अघि सार्ने स्पष्ट नीति अवलम्बन गरियोस्।
४. पेशागत संघ-संस्थालाई पार्टीको वैचारिक थिंक-ट्याङ्कका रूपमा संस्थागत गरियोस्।
नीति निर्माण, विकास रणनीति, सुशासन, सार्वजनिक सेवा प्रवाह तथा राष्ट्रिय हितका विषयमा पेशागत संघ-संस्थालाई पार्टीको वैचारिक थिंक-ट्याङ्कका रूपमा उपयोग गर्दै संस्थागत भूमिका प्रदान गरियोस्।
हामी दृढ विश्वास गर्दछौँ कि नेपाली काँग्रेसले आफ्नो गौरवशाली लोकतान्त्रिक विरासत, समावेशी सोच र ऐतिहासिक जिम्मेवारीअनुसार यस विषयलाई गम्भीरतापूर्वक सम्बोधन गर्नेछ। पेशागत संघ-संस्थासँगको सशक्त र सम्मानजनक सहकार्यले पार्टीलाई अझ बलियो, आधुनिक र जनउत्तरदायी बनाउनेछ भन्ने हाम्रो दृढ विश्वास छ।