काठमाडौँ । राष्ट्रिय सभा निर्वाचनका लागि नेपाली काँग्रेसले उम्मेदवारको टुंगो लगाउने भएको छ।
यसका लागि काँग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बोलाइएको छ। बैठक ललितपुरको सानेपास्थित पार्टी मुख्यालयमा बिहान ११ बजे बस्नेछ।
बैठकले उम्मेदवार छनोट र अन्य दलसँगको चुनावी तालमेलबारे निर्णय गर्ने बताइएको छ । कुन दलसँग कति सिटमा तालमेल गर्ने र काँग्रेसकातर्फबाट उम्मेदवार बन्ने व्यक्तिका विषयमा आजको बैठकमा औपचारिक निर्णय हुनेछ।







