२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राष्ट्रिय सभामा पाँच दलबीच भागबन्डा गर्ने सहमति

अ+ अ-

काठमाडौँ । राष्ट्रिय सभाको निर्वाचनका लागि पाँच दलबीच भागबन्डा भएको छ । काँग्रेस, एमाले, नेकपा, लोसपा र जसपा नेपालबीच सिट भागबन्डा गर्ने सहमति बनेको हो । लोसपा र जसपा नेपालबीच भने केही दिन अघि एकीकरण गर्ने घोषणा गरिसकेका छन् । 

सिट संख्या भागबन्डा मिले पनि कुन प्रदेशमा कसले कुन क्लष्टरको सिट लिने भन्नेबारेमा अझै टुंगो नलागेको काँग्रेसका एक नेताले बताए । काँग्रेस र एमालेले ७/७ सीट लिने भएका छन् । काँग्रेस नेता एनपी साउदका अनुसार काँग्रेसले प्रत्येक प्रदेशबाट १, १ सिट लिने मोटोमोटी समझदारी भएको बताए । त्यस्तैगरी नेपाली कम्युनिस्ट पार्टीले ३ सीट पाउने भएको छ ।

पार्टी एकीकरण गर्ने घोषणा गरेका लोसपा र जसपा नेपालका लागि एक सिट छुट्टाइएको छ । काँग्रेसले उम्मेदवार छनोटका लागि बुधबार बिहान केन्द्रीय कार्यसम्पादन समितिको बैठक डाकेको छ ।

राष्ट्रिय सभामा फागुन २० गतेबाट १९ सांसद बिदा हुँदै छन् । त्यसमध्ये १८ सिटका लागि बुधबार मनोनयन हुँदै छ भने माघ ११ गते निर्वाचन हुँदै छ ।

सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनीत भएका वामदेव गौतम पनि बिदाइ हुँदै छन् । उनको ठाउँमा सरकारले सिफारिस गर्नेछ ।