२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

घोडाघोडीमा हरिहाँसको संख्या बढ्यो, जलपन्छीको घट्यो

अ+ अ-

घोडाघोडी (कैलाली) । नेपालको पहिलो चरा अभय आरण्य (वर्ड स्याङ्चुरी) घोडाघोडी सिमसार क्षेत्रमा हरिहाँसको सङ्ख्या बढेको छ । जैविक विविधताले महत्त्वपूर्ण मानिएको घोडाघोडीमा चरा संरक्षण नेटवर्क कैलालीको टोलीले यही पुस १९ गतेदेखि २१ गतेसम्म जलपन्छी गणना गरेको थियो । 

गणनाका क्रममा यस पटक घोडाघोडीको सूचक प्रजाति हरिहाँसको संख्या बढेको चरा संरक्षण नेटवर्कका सचिव रामकुमार चौधरीले जानकारी दिए। घोडाघोडी क्षेत्रमा जलपन्छीको गणना हिउँद र वर्षायाम गरी प्रत्येक वर्ष दुई पटक गरिँदै आइएको उनले बताए । 

सोही कार्यक्रमअनुसार यस वर्ष पनि जलपन्छी गणना सम्पन्न गरिएको हो । “सन् २०२२ मा हरिहाँस ३९४ वटा रहेकामा सन् २०२३ मा घटेर ३१६ पुगेको थियो । सन् २०२४ मा यो संख्या ४११, सन् २०२५ मा ३७२ रहेकामा यस वर्ष उक्त संख्या बढेर ४२९ पुगेको छ”, सचिव चौधरीले भने । उनका अनुसार यस वर्ष जलपन्छीको सङ्ख्या भने घटेको छ । 

सन् २०२२ मा एक हजार ६८५ जलपन्छी गणना गरिएको थियो । सन् २०२३ मा एक हजार २२१, सन् २०२४ मा एक हजार ४३७, सन् २०२५ मा एक हजार ३१६ जलपन्छी गणना भएकामा यस वर्ष घटेर एक हजार १६८ मा सीमित भएको चरा संरक्षण नेटवर्कका अध्यक्ष दयाराम चौधरीले जानकारी दिए।

नेपालमै सबैभन्दा बढी तालतलैया भएको जिल्लाका रूपमा कैलाली परिचित छ । त्यसमध्ये घोडाघोडी ताल नेपालको तराई क्षेत्रमा अवस्थित सबैभन्दा ठूलो प्राकृतिक ताल हो । घोडाघोडी ताल क्षेत्रमा घोडाघोडीसहित २४ वटा ताल छन् । 

घोडाघोडी र नकरोड ताल चराको बासस्थानका लागि सबैभन्दा उपयुक्त मानिने चरा संरक्षण नेटवर्कका अध्यक्ष चौधरीले बताए। उनका अनुसार घोडाघोडीसहित आसपासका क्षेत्रमा जलपन्छी गणना गरिएको हो । 

चौधरीका अनुसार घोडाघोडीमा पहिले दुई हजार २०० को हाराहारी जलपन्छी रहेकामा त्यो संख्या एक हजार १०० मा समेटिएको छ । “बच्चा कोरल्न र हुर्काउनका लागि सुरक्षित स्थान मानिएको घोडाघोडीमा चराको बासस्थान असुरक्षित बन्दै जानु, आहारा घट्दै जानु, मौसम प्रतिकूल हुनुलगायत कारणले सङ्ख्या घट्दै गएको छ”, उनले भने । 

घोडाघोडी क्षेत्र रैथाने र आगन्तुक चराको महत्त्वपूर्ण बासस्थान भएकाले २०७८ फागुन २७ मा सुदूरपश्चिम प्रदेश सरकारले नेपालकै पहिलो ‘चरा अभय आरण्य’ (चराहरूको बासस्थान, प्रजनन र संरक्षणका लागि छुट्याइएको विशेष संरक्षित क्षेत्र) क्षेत्रका रूपमा घोषणा गरेको थियो । यहाँ ३८१ प्रजातिका चरा पाइन्छन् ।